बुटवल 25 जेठ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको तथ्याङ्कअनुसार उक्त अवधिमा दुई सय १९ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या एक हजार एक सय ११ पुगेका छन् भने हालसम्म चार सय ५४ जना संक्रमितले ज्यान गुमाएका छन् । सक्रिय संक्रमितमध्ये एक सय ७३ जनामा लक्षण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्मा देखिएको छ । हालसम्मका संक्रमितहरुमध्ये ९४ प्रतिशत निको भइसकेका छन् । २ प्रतिशतको मृत्यु भएको छ भने जिल्लामा ४ प्रतिशत सक्रिय संक्रमित रहेका छन् । पछिल्लो हप्ता रुपन्देहीमा कोरोना संक्रमण केही घटेको पाइएको छ
२५ जेष्ठ २०७८, मंगलबार
प्रतिक्रिया