कपिलवस्तु २७ जेठ । कपिलवस्तु जिल्ला अस्पताल तौलिहवाको ब्यवस्थापन समिती अध्यक्षमा एमालेका प्रदेश कमिटी सदस्य खुम प्रसाद आचार्य नियुक्त हुनु भएको छ। जेठ १४ मा बसेको मन्त्री परिषद बैठकको निर्णयका आधारमा नियुक्त भएको पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अस्पतालमा पठाएको हो ।
कपिलवस्तु अस्पताल प्रदेश सरकार मातहत गएपछि विगतका ३ वर्षमा नियुक्त हुन नसकेको अस्पताल ब्यवस्थापन समितिमा बल्ल नियुक्ती भएको हो । समितिको सदस्यमा शारदा शर्मा चापागाई नियुक्त हुनु भएको छ । उहा एमालेको जिल्ला कमिटी सदस्य र एमाले निकट अनेमसंघको जिल्ला अध्यक्ष समेत हुनु हुन्छ ।
यस्तै जिल्ला आयुर्वेद अस्पताल तौलिहवाको अध्यक्षमा अधिबक्ता रउफ अहमद खाँ नियुक्त हुनु भएको छ । उहा एमालेको जिल्ला कमिटी सदस्य समेत रहनु भएको छ । यसैगरी आयूर्वेद अस्पताल ब्यवस्थापन समिति सदस्यमा पत्रकार सरस्वती पौडेल नियक्त हुनु भएको छ । उहा एमाले निकट अनेमसंघको जिल्ला सदस्य रहनु भएको छ ।
प्रतिक्रिया