अर्थ-वाणिज्य

रुपन्देहीका ४ पालिकाको खोपमा अनियमितता : प्रशासनले रोक्यो खोप कार्यक्रम



रुपन्देही २७ जेठ । मापदण्ड भन्दा बाहिरकाले कोभिड विरुद्धको खोप लगाएको भन्दै विवाद भएपछि रुपन्देहीका केही स्थानमा खोप कार्यक्रम नै स्थगित भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका  मर्चवारी र ओमसतिया गाउँपालिकामा खोप कार्यक्रम स्थगित भएको जिल्ला प्रशासन कार्याालय रुपन्देहीले जनाएको छ ।

पालिकाबाट खटिएका स्वास्थ्यकर्मीबाट गुनासो आएपछि केही पालिकामा खोप कार्यक्रम स्थगित गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएउनुभएको छ । प्रजिअ तामाङले मापदण्ड बाहिर गएर खोपलगाउन खटिएकाहरुलाई स्पष्टीकरण सोधिसकेको बताउनुभयो ।

ओमसतिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष ज्ञानेश श्रेष्ठले आफन्त र पार्टी कार्यकर्तालाई खोप लगाउन दबाब दिएपछि त्यहाँ विवाद भएको थियो । रुपन्देहीमा १४ हजार २ सय ५५ जनालाई खोप लगाउने तयारी थियो । लक्षित उमेर समूह मध्ये धेरैले लगाइसकेका छन । 

प्रकाशित : २७ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६