जीवनशैली

प्रदेश सांसद बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी



मकवानपुर ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धु आपत्तिजनक अभिव्यत्ति दिने नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी दर्ता भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।

संसद बैठकमा दुई दिनअघि सांसद बैद्यले बोल्दै प्रधानमन्त्री ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बताएका थिए ।मकवानपुर युवा संघका सदस्य अनिल काफ्लेले जाहेरी दर्ता गराएका हुन् ।उनले संविधानको धारा १७ (१) र फौजदारी संहिता अनुसार बैद्यले बोलेको बिषयले आपराधीक दुरुत्साहन हुने दाबी गर्दै जाहेरी दिएको हो । चर्को आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा माफी समेत मागेका थिए 

प्रकाशित : ३० जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६