प्रदेश

बदलिदो स्वरुपमा निशेधाज्ञा : रुपन्देहीमा बन्द पसल तथा व्यवसायहरु खुल्ने



बुटवल १ असार । रुपन्देहीमा निषेधाज्ञाको स्वरुप परिवर्तन गरि असार ७ गते सम्म निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै निषेधाज्ञाको स्वरुप परिवर्तन भएको जनाएको हो । निषेधाज्ञाको स्वरुप परिवर्तन भएसँगै रुपन्देहीमा बन्द भएका पसल तथा व्यवसायहरु पनि खुल्ने भएका छन् । तर ति व्यवसाय निश्चित समयसम्म मात्र सञ्चालन गर्न पाइने छ ।  माछामासु तरकारी फलफूल र दुधजन्य सामाग्रीहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

त्यसै गरी अन्य व्यवसाय भने विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । तर व्यवसाय सञ्चालन गर्दा गर्दा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ ।  स्वास्थ्य मापदण्ड पालना गराउन सम्बन्धीत उद्योग बाणिज्य संघले स्वयंसेवक परिचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ । मापदण्डको पालना नभएमा भने कोभिड १९ सम्बन्धमा बनेको अध्यादेश अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी सूचनामा उल्लेख छ ।  यता अर्घाखाँचीमा केही खुकुलो हुने गरि असार ७ गते सम्म लकडाउन थप भएको छ ।

स्वास्थ्य मापदण्ड पालना गरि अबदेखि बिहान ५ बजे देखि दिउँसो १ बजे सम्म खाध्यान्न तथा किराना पसल खोल्न पाइने छ । बिद्यालय ,होटल रेष्टुरेन्ट ,जिमहाउस जस्ता भिडहुने स्थानहरु अझै बन्द हुने छन् । बैकं तथा सरकारी कार्यालय न्युनतम कर्मचारीले सञ्चालन गर्न सकिने छ । मन्दिरमा नृत्य पुजापाठ बाहेक भेला सम्मेलन जस्ता गतिविधि गर्न पुर्ण रोक लगाइएको छ ।

प्रकाशित : १ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६