कपिलवस्तु ६ असार।कपिलवस्तुमा बिपि स्टडी युथ सर्कल जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । बाणगंगा नगरपालिका शुसन्त पोख्रेल सभापति रहने गरि २४ सदस्यीय समिति गठन गरिएको छ । जसमा उपसभापतिको रुपमा बाणगंगाकै बिबेक पौडेल ,सचिबमा शिबराज नगरपालिकाका जय चौधरी ,सहसचिबमा बाणगंगा नगगरपालिकाका बासुदेब पोख्रेल ,सहसचिवमा यशोधरा गाउपालिकाका ईशान पाठक रहनुभएको छ ।
यसैगरि कोषाध्यक्षमा बाणगंगा नगरपालिकाका मनिषा पौडेल ,सहकोषाध्यक्षमा शिबराज नगरपालिकाका गोपाल मल्ल ठकुरी ,जनसम्पर्क अधिकारीमा शिबराज नगरपालिकाका बिबेक बराल र कार्यक्रम संयोजकमा बाणगंगा नगरपालिका समिर कडेल रहनुभएको छ । अन्य बाकी सदस्यहरुमा रहनुभएको छ । उक्त बिपि स्टडी युथ सर्कल जिल्ला कार्यसमितिले कोरोना महामारीको सममा बिभिन्न खालका रचनात्मक कार्यहरु गर्दै आईरहेको छ ।
समितिले कोरोनाबाट सुरक्षित रहनका लागि भन्दै केही स्वास्थ्य सामाग्रीहरु वितरणको कामलाई पनि जिल्लामा निरन्तरता दिईरहेको कार्यक्रम संयोजक कडेलको भनाई रहेको छ ।
प्रतिक्रिया