प्रदेश

जिल्ला मै पहिलो पटक मृगौला डायलासिस शुरु हुने संझौता पत्रमा हस्ताक्षर



कपिलवस्तु १० असार । कपिलवस्तुका सयौ  नागरिकले असुविधा पीडा र बाध्यतावाट बुटवलमा गएर गराउदै आएको डायलासिस सेवा अव केहि दिनत्रिभै बाणगंगामा शुरु हुने भएकोछ । लामो समयदेखी सो सेवा शुभारम्भ गर्न भवनको खोजीमा पहल गर्नु भएका प्रदेश सांसद विष्णु पन्थीले जेसिस कपिलवस्तुको भवन सो सेवाका लागि उपलब्ध गराउने सहमति पत्र र समारोहको फोटो सार्वजनिक गर्नु भएको हो ।

उहाले गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र कपिलवस्तु जेसिसको बिचमा  कपिलवस्तु सामुदायिक डायलासिस सेन्टर सन्चालन गर्न आज भवन लिने दिने संझौता÷ समझदारी   समारोह भन्दै सामाजिक मिडियाम पोष्ट गर्नु भएको छ । उहालाई प्रेसपाटीले राखेको जिज्ञासामा कहिलेवाट सेवा शुरु हुन्छ भन्ने जिज्ञासामा १ /२ महिना भन्दा वढी नलाग्ने वताउनु भयो ।


कपिलवस्तु  जेसिसका  अध्यक्ष भिम भट्टराई र  गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम बीच भएको संझौताको दृष्यसाक्षी  सांसद पन्थी र बाणगंगाका उपमेयर चक्रपाणी अर्याल रहनु भएको छ । समारोहमा  बाणगंगा नगरपालिकाका  प्रमुख प्रशासकिय अधिकृत वासुदेव खनाल  जेसिसका पुर्व अध्यक्षहरु , रोटरी अध्यक्ष बाबुराम भट्टराई , बाबुराम बोहरा  लगायतको उपस्थिती थियो ।

जेसिसको १ तल्ले भवनमा माथिल्लो तल्ला बनाउन वाणगंगा नगर र सांसद पन्थीले रकम उपलब्ध गराउनु भएको थियो ।तल्लो तलामा  डायलासिस चलाउन जेसिसले उपलब्ध गराउने सहमति यस अघि नै भएको वाणगंगाका उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । जेसिले अफिस माथिल्लो तलामा सार्नासाथ सेवा शुभारम्भ हुने र धेरै समय नलाग्ने वताइएको छ। डायलासिस सेन्टर चलाउने तल्लो तलाको मर्मत संभार डेकोरेशनको जिम्मा  वाण्गंगा नगरले लिएको छ । 

यो काम तुरुन्तै हुने उपमेयर अर्यालले प्रतिवद्धता जनाउनु भएको छ ।  उपचारको प्राविधिक सेवा सामुदायिक मुटु अस्पताल बुटवलले उपलब्ध गराउने छ । यो स्थापना हुनमा सांसद पन्थीको निरन्तरको सहयोग र दवाव नै प्रमुख कारक रहेको सो अवसरमा मुटु अस्पतालका अध्यक्ष एजाज आलमले वताउनु भएको थियो ।यता सांसद पन्थीले कपिलवस्तु वासीका लागि यो काम निकै महत्वको रहेको प्रेसपाटीलाई वताउनु भयो ।  

प्रकाशित : १० असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६