प्रदेश

कोषमा १० करोड घट्न नदिने मुख्यमन्त्रीको प्रतिवद्धता, १२ जिल्लामा तत्काल जुट्न निर्देशन



बुटवल १३ असार । लुम्विनी प्रदेशको विपद ब्यवस्थापन कोषमा न्यूनतम १० करोड भन्दा कम हुन नदिने प्रतिवद्धता जनाउदै मुख्यन्त्री शंकर पोखरेलले १२वटा जिल्लाका सिडियोलाई पूर्व तयारी र आइपरेका विपत्तिमा सिघ्र  परिचालन  हुन निर्देशन दिनु भएको छ । योसंगै बाढी, पहिरो र डुवानको जोखिम कम गर्न लुम्बिनी प्रदेश सरकारले पूर्वतयारी अघि बढाएको हो  ।

मुख्यमन्त्री शंखर पोखरेलले १२ बटै जिल्लालाई सम्भावित जोखिम नियन्त्रणमा जुट्न निर्देशन दिनुभएको हो । मनसुन भित्रिएसंगै बाढी, पहिरो र डुवानले जनधनको क्षति बढेपछि मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी प्रदेशका १२ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई सम्भावित विपतको पुर्व तयारीमा जुट्न निर्देशन दिनु भएको छ ।

मुख्यमन्त्री पोखरेलले सबै संयन्त्र परिचालन गरेर बिपतको पुर्वतयारी गरेर बस्न सम्वन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ । मुख्यमन्त्री पोखरेलकै अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषद् समितिको बैठकलाई सम्वोधन गर्दै उहाँले बाढी पहिरोले अवरुद्ध हुनसक्ने प्रदेशभित्रका राजमार्ग तत्काल खुलाउन ठुला साधन तयारी अवस्थामा राख्न पनि निर्देशन दिनुभयो । बाटो बन्द भए तत्काल राजमार्ग सुचारु गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । 

उहाले प्रदेशको विपद कोषमा न्युनतम १० करोड भन्दा कम हुन नदिन अर्थिक मामिला मन्त्रालयलाई आग्रह गर्दै कोषका कारण समस्या आउन नहुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले नदि तटिय क्षेत्रका जनतालाई मौसम तथा बाढी पहिरोको पूर्वसुचना प्रदान गर्न र  सुचना  प्रणालीलाई प्रभावकारी बनाउन समेत निर्देशन दिनुभयो ।  मनसुन प्रभावित जनताहरुलाई राख्ने स्थानको ब्यवस्थापन , खानेपानी तथा अन्य अत्यावश्यक समाग्रीको ब्यवस्थापन  गरी अगाडी बढ्ने योजना पनि प्रदेश सरकारले बनाउन थालेको छ । 

चालू आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म विपदबाट भएको क्षति र प्रदेश सरकारको तर्फबाट उपलब्ध गराइएको राहतबारे छलफल गर्दै बैठकले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालयहरू, सुरक्षा निकायहरू र सरोकारवाला संघसंस्थाहरूबाट भएका कामहरूको समिक्षा पनि गरेको छ । 

प्रकाशित : १३ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६