अर्थ-वाणिज्य

१०० शैयाको हस्पीटलले पार्ने प्रभावबारे सुनुवाई



कपिलवस्तु १५ असार नीजि क्षेत्रको लगानीमा युनाईटेड नेशनल हस्पिटल प्रालिले निर्माण गर्न लागेको १०० शैयाको अस्पताल निर्माणको प्रारम्भिक बातावरण परिक्षण तयारीको कामलाई तिब्र पारेको छ । मंगलबार हस्पिटलले बाणगंगा नगरपालिकाको वडा नं ४ मा सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गर्दै स्थानिबासीहरुको रायसुझाब लिएको छ । अस्पताल निर्माणपछि स्थानिय बस्तीमा पार्ने बातारणीय प्रभाब के के हुन सक्छ?त्यसलाई हस्पिटलले कसरी ब्यवस्थापन गर्ने ? स्थानियका समस्या र मागलाई कसरी समाधान गर्छ लगाएतका अन्य बिषयबस्तुका बारेमा स्थानिले आआफनो प्रतिक्रिया दिएका थिए ।

 युनाइटेड हस्पीटल प्रा.लि.को नामवाट जीतपुर ४ नम्वरमा संचालित अस्पतालले तौलिहवा जीतपुर सडक खण्डको ठाकुरापुर र झंगा गाउको बिचमा बन्न लागेको हस्पिटल भएको हुनाले त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने गरि स्थानियहरु जुटेका थिए । उनीहरुले आफ्नो क्षेत्रमा हस्पिटल बन्दै गरेमा खुसी ब्यक्त गर्दै स्वास्थका मापदण्डको पूर्ण पालना गरि निर्माणको कामलाई अघि बढाउन सुझाब दिएका थिए । बस्तीलाई कुनै पनि नकरात्मक असर नपर्नेगरि ब्यवस्थित र प्रभाबकारी ढंगबाट सेवा सुबिधा र आफ्नो कार्यलाई तिब्रता दिन माग गरेका छन । 

सार्वजानिक सुनुवाई कार्यक्रममा आएका बिषयबस्तुलाई प्रकाश पार्दै कन्सल्टेन्टका प्रतिनिधि रण बहादुर थापा अजय र नवसुजित भण्डारीले अस्पताल निर्माणको प्रारम्भिक बातावरण परिक्षण कार्यक्रमका बिषयमा प्रकाश पार्नुभएको थियो । सबै स्थानियहरुको आवाजलाई समेट्दै प्रतिवेदन बनाउने बताउनुभएको छ । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका ४का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले कुनै पनि खेतीयोग्य जमिनलाई असर नपर्ने गरि हस्पिटल निर्माणको काम अघि बढ्ने र यसका लागि नगर र वडाको तर्फबाट सक्दो सहयोग गर्ने स्पष्ट पार्नुभएको छ ।

कोभिड १९ले स्वास्थ्य क्षेत्रको महत्व झनै स्थापित गरेकाले कपिलवस्तुमात्र नभई लुम्बिनी प्रदेशका अधिकांश जिल्लालाई स्वास्थ्य सेवमा टेवा पुग्ने गरि बिशेषज्ञ सहितका सेवाहरु दिने प्रबन्ध निर्देशक सुन्दर आचार्यले बताउनुभयो । अहिलेसम्म ४० करोडको लगानी हस्पिटल बनाउन लाग्ने देखिएको बताउनुभएको छ ।सार्वजानिक सुनुवाई कार्यक्रममा अस्पतालका पदाधिकारी , वडा नं ४ का वडा सदस्य ,टोल बिकास संस्थाका प्रतिनिधि, लगाएतको उपस्थिती रहेको थियो । हस्पिटल निर्माण पश्यात सामान्य उपचारका लागि भारतको गोरखपुर, नौतनवा र बुटवल, भैरहवा जानुपर्ने बाध्यता हटने बिश्वास लिईएको छ ।

प्रकाशित : १५ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६