कपिलवस्तु १८ असार । कृष्णनगरका पारश पुरीको हत्यागरी भारत तर्फ फरार ब्यक्ति कपिलवस्तु प्रहरीवाट पक्राउ परेकाछन् । हत्या गरी फरार रहेको अभियुक्त ३ बर्ष पछि पक्राउ परेका हुन्। कृष्णनगर नगरपालिका १० बिद्यानगरका ५५ बर्षिय पारश पुरीलाई गोली हानेर हत्या गरी फरार भएका पशुपति कुर्मी पक्राउ परेका हुन । २०७५ चैत १७ गते घटना लगत्तै फार रहदै आएका कुर्मी महाराजगंजको हदौनामा पक्राउ परेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले घटना बारे पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन ।
पक्राउ पर्नु अघि अभियुक्त कुर्मीले आफनो नाम लालबही , प्रेम कुमार भन्दै ढाकेका थिए । मृतक पारस पुरीले अभियुक्त कुर्मीका छोरा दिनेशलाई बिदेश पठाई दिन्छु भन्दै १ लाख १५ हजार रकम लिएका थिए । बहराईन काम गर्न गएका अभियुक्तका छोराले भने अनुसार काम र पारिश्रमिक नपाए पछि पारससंग दिएको रकम पटक पटक फिर्ता मागेका थिए । पैसा फिर्ता नपाए पछि पशुपति सहीत ३ जनाले मिलेर कटुवा पेस्तोलले पारसको हत्या गरी बिस्फोटक पदार्थ पडकाएर मोटरसाईलमा भारत तर्फ भागेका थिए । पारसलाइ मार्न भनी पुशपतिले ५ हजार बैना समेत दिएको खुलेको छ ।
प्रतिक्रिया