अर्घाखाँची २२ असार। १७ बर्षीया युवतीलाई कुटपिट गर्दै जवरजस्ती करणी गरि फरार भएका सन्धिखर्क ७ लामडाँडाका २२ बर्षीय रमेश नेपालीलाई १२ घण्टा पछि प्रहरीले पक्राउ गरेको छ ।
यहि असार १९ गते रातिको अन्दाजी सभा ८ बजेको समयमा अर्घाखाँचीको सन्धिखर्क ७ उपल्लो फुदवाङस्थित जङ्गलको झाडी नजिकै टाउकोमा चोट सहित अचेत अवस्थामा १७ बर्षकी स्थानीय युवतीलाई प्रहरीले फेला पारेको थियो ।
अचेत रहेकी युवतीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको लागि लगिएको थियो । अनुसन्धानको सिलसिलामा निज पीडित होसमा आएपछि सोधपुछ गर्दा निज २२ बर्षीय रमेश नेपालीले जवरजस्ती करणी पछि कुटपिट गरेर भागेको बताएपछि उक्त घटनाको रहस्य खुलेको हो ।
निज युवकलाई १२ घण्टा पछि प्रहरीले पक्राउ गर्न सफल भएको हो । युवकलाई जङ्गलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारेको थियो । पक्राउ गरि सोमबार करणी सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरि जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले प्रेस पाटीलाई बताए ।
प्रतिक्रिया