कपिलवस्तु २४ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै जिल्ला जिल्लामा नेतृत्वका लागि चर्चा हुन थालेको छ । जिल्ला नेतृत्वका कपिलवस्तुमा पनि आकांक्षीहरुको सक्रियता बढ्न थालेको छ । २०७८ असार ५ गते काँग्रेसको केन्द्रीय समिति बैठकले पार्टीका सम्पूर्ण संगठनात्मक संरचनाको अधिवेशन मिति सार्वजनिक गरे अनुसार जिल्ला अधिवेशन साउन २६ गते हुँदैछ ।
त्यसैले पनि जिल्ला नेतृत्वका आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन सकृय भएका छन् ।काँग्रेसको कपिलवस्तु जिल्ला कार्यसमितिको नेतृत्वका लागि पनि दुवै खेमाबाट आकांक्षीहरु नेताहरुको समर्थन लिने कसरतमा छन् । राष्ट्रिय राजनीतिमा पटक पटक महत्त्पूर्ण भूमिका निर्वाह गरिसकेका काँग्रेस नेता दीपकुमार उपाध्यायको गृह जिल्ला कपिलवस्तुमा देउवा खेमा र पौडेल खेमाका आकांक्षीहरु आफ्नो अनुकुल माहोल बनाउन दौडधुपमा लागेका हुन् ।नेपाली कांग्रेसको विद्यान अनुसार वर्तमान सभापति सुरेन्द्रराज आचार्य आसन्न अधिवेशनमा सभापति पदमा उम्मेदवार हुन नमिल्ने भएकाले जिल्लाले यसपटक नयाँ नेतृत्व पाउनेछ । आचार्य काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका निकट नातेदार हुन् त्यसैले पौडेलसँग घनिष्ठ नाता सम्वन्ध रहेको छ । उनले यसपाली पौडेल समुहको तर्फवाट सकेसम्म अब्दुल कलामलाई सभापति बनाउन चाहेको श्रोतको दाविछ । कलामलाई बनाउन नसकेमा सुदाकर पाण्डेलाई वनाउन खोज्ने वताइएको छ । आचार्यले तेश्रो विकल्पका रुपमा केशव कुमार श्रेष्ठलाई समेत राखेको वताइन्छ ।
यता कपिलवस्तुमा देउवा समूहबाट नेता राजेश आचार्य सभापतिका आधिकारिक उम्मेदार बन्ने सम्भावना अधिक रहेको काँग्रेस कार्यकर्ताहरु बताउँछन् । काँग्रेस विभाजनकै समयमा उनले देउवा नेतृत्वको नेपाली काँग्रेस (प्रजातान्त्रिक) को जिल्ला कार्यसमितिको नेतृत्व गरेका थिए । काँग्रेसमा देखा परेको दुई गुट (देउवा र पौडेल) अन्तर्गत नै जिल्लामा पनि नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिन्छ । हाल लुम्बिनी प्रदेशमा जिल्ला सभापातिहरुमा पौडेल पक्षको वर्चश्व छ तर प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुमा देउवा पक्षको बाहुल्यता छ ।
प्रतिक्रिया