ब्रेकिंग न्युज

एमालेको विवाद समाधान: संयुक्त बक्तब्य शनिबार



काठमाडौं २५ असार। एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको नेताहरुले दावी गरेका छन् । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई छ । बैठकपछि कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए । केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु’ ज्ञवालीले भने-‘आजको बैठकले एकताको आधार तय गरिसकेको छ । भोलिको बैठकले त्यसलाई अन्तिम रुप दिन्छ । विवादमा कसरी सहमति खोजियो भन्ने बारेमा पनि भोलि थाहा पाउनुहुनेछ ।’त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताए । उनले बाँकी विषयमा भोलि छलफल गरेर सहमति जुट्ने बताए ।  ‘आधा दर्जन विषयमा छलफल भयो, एकाध विषयमा छलफल बाँकी रह्यो, भोलि निष्कर्षमा पुग्छौ’ विष्टको भनाइ छ ।

प्रकाशित : २५ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६