प्रदेश

लुम्बिनीको बजेटमाथि छलफल सुरु :सत्तापक्ष र विपक्षीका अलग अलग रणनीति



रूपन्देही २७ असार ।सत्तापक्षको जसरी पनि बजेट पारीत गर्ने र विपक्षीको जसरी पनि फेल गर्ने रणनीतिका बीच लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकमा आगामी वर्षको बजेटमाथि छलफल सुरु भएको छ । सरकारले आगामी आव २०७८/७९ का लागि असार १ गते बजेट प्रस्तुत गरेको थियो । विपक्षी गठबन्धनले सरकार अवैधानिक रहेको भन्दै निरन्तर विरोध जारी राखेपछि असार ६ गतेपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो ।जारी आठौं अधिवेशनको १० औं बैठकमा सरकारको विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले सभामा विनियोजन विधेयक पेस गरेका हुन् । आर्थिक मामिला मन्त्रालयको तर्फबाट राजश्व र व्यय अनुमान प्रस्तुत गरी छलफल गर्ने र विभागीय मन्त्रीले प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिने प्रदेशसभाको कार्यसूची छ । निरन्तर दुई बैठक अवरोध गरेका विपक्षी गठबन्धनले आइतबारको बैठकमा रणनीति बदलेका हुन् । माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीले बोलेर सरकार अबैधानिक जगमा रहेपनि त्यसको विरोध गर्दै बजेट छलफल अघि बढाइएको बताएका थिए । बैठकमा केसीले भनाइ राखेपछि विपक्षी गठबन्धनका सबै दल मौन बस्ने निर्णय गरिएको कांग्रेस सचेतक निर्मला क्षेत्रीले बताइन् ।

लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका ६ मध्ये तीन सदस्य गरी ४२ जना छन् । सत्तापक्षमा एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्य छन् । प्रदेशसभामा बजेट निर्णयार्थ प्रस्तुत भएको अवस्थामा सभामुख बाहेकको मत बराबरी छ । सभामुखको मत निर्णायक हुने भएकाले विपक्षी जसरी पनि बजेट पारित हुन नदिने तयारीमा रहेको माओवादीका एक प्रदेशसभा सदस्यले बताए ।

सत्ता पक्षका मुख्य सचेतक भूमिश्वर ढकालले माओवादी प्रवेश गरेकी सांसद विमला वली र जसपाका ४ सांसदको सर्वोच्चमा पुगेको निर्णय नआउन्जेल सरकार राजनीतिक रुपमा बहुमतमा रहेको बताएका छन् ।उनले भने वहुमत भएपछि बजेट पारीत पनि प्रकृयागत रुपमै हुन्छ । 

प्रकाशित : २७ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६