कपिलवस्तु २८ असार ।कपिलवस्तुमा प्रहरी उपरीक्षको रुपमा सरुवा भएर कार्यभार सल्हाल्नु भएका दान वहादुर कार्कीले जिल्लाका राजनैतिक दलका प्रमुख तथा स्थानिय जनप्रतिनिधिहरूसँग परिचय तथा अन्तरक्रियात्मक कार्यक्रम गर्दै २३ बुद्धे कार्ययोजनामा सहयोग माग गर्नु भएको छ । उहाले २३ वटा बिषयहरूमा छलफल गरी शान्ति सुरक्षा कायम गर्नमा राजनैतिकदल र जनप्रतिनिधीको हातेमालो हुने गरी कार्यान्वयन गर्ने प्रतिवद्धता खोज्नु भएको हो ।
उपरीक्षक कार्कीले विषयबस्तु अघि सार्दै शान्ति सुरक्षा तथा आइपर्ने समस्याको शान्तिपुर्ण समाधानमा आफू दृढ रहने र अनुचित दवाव नआउने वातावरण हुनु पर्ने,सामाजिक सन्तुलन र सद्भाव प्रति अविचलित रहने , धार्मिक सहिष्णुता कायम गर्न दत्तचित्तले लाग्ने,महिला बालबालिका तथा जेष्ठ नागरिक विरूद्धका हिंसाजन्य कार्यहरू न्युनिकरणमा बिशेष भुमिका खेल्ने, बाल बिवाह तथा दाईजोजन्य प्रथाहरू निरुत्साहनमा कमी हुन नदिने,महिला बालबालिका विरूद्धका घटनामा स्थानिय तहमा मिलापत्र नगर्ने नगराउनेमा दल तथा जनप्रतिनिधीको प्रतिबद्धता आउनु पर्ने प्रस्ताव गर्नु भयो ।
जातिय भेदभाव तथा छुवाछुत जन्य कार्यहरू नगर्ने नगराउनेमा तल्लो तह सम्म राजनैतिक र सामाजिक जागरण हुनुपर्ने यसैगरी लागु औषध नियन्त्रण तथा रोकथाम र सेवनकर्ताको औषधोपचार तथा पुर्नस्थापना विशेष ब्यवस्था मिलाउने ,स्थानिय प्रहरी ईकाईको भौतिक संरचना सुधार र स्तर बृद्धिमा स्थानिय जनप्रतिनिधि तथा राजनैतिक दलको भुमिका र दायित्व खोजी गर्ने , प्राकृतिक प्रकोप, विपत्ती र प्राकृतिक स्रोतको अत्याधिक दोहन नियन्त्रणमा स्थानीय पालिकासंग समन्वय गर्ने ,आगलागी तथा विपदमा संबेदनशील भई काम गर्ने वताउनु भयो ।
कार्कीले खुला सिमानाकाबाट हुने भन्सार चोरी निकासी तस्करी नियन्त्रणमा कुनैपनि अनियमितता हुन नदिने , समुदाय प्रहरी साझेदारी अन्तरगर्तका कार्यक्रमको कार्यान्वयनका लागी स्थानिय जनप्रतिनिधि तथा राजनैतिक दलको भुमिका र दायित्व चाहिने , भारतिय सवारी साधनको प्रयोगमा नियमन लागु गर्ने , सरकारी सवारी साधनको दुरुपयोग तथा सवारी पास सम्बन्धमा कडा रुपमा प्रस्तुत हुनेकामका लागि दवाव नदिने प्रतिवद्धता दलहरुसंग खोज्नु भयो ।
उहाले फौजदारी प्रकृतिका घटनामा मृत्यु भएका व्यक्तिको पोष्टमार्टम रिपोर्ट अनिवार्य रुपमा हुनु पर्ने ,घटनास्थलमा जनप्रतिनिधिको उपस्थिति तथा गर्नुपर्ने कानुनी कार्यहरू समन्वयमा गर्ने , विभिन्न प्रतिबन्धित समुह तथा गैर कानुनी समुहको चलखेल र गतिविधी सैह्य नहुने ,निर्वाचन गतिविधी अघि बढेको अवस्थामा त्यसलाई सफलीभूत पार्ने ,आत्महत्या न्युनिकरणमा विशेष योजना अघि सार्ने , जन्मदर्ता तथा बसाई सराईको विवरण र वास्तविकता सम्बन्धमा स्थानीय पालिकाले विशेष सावधानी अपनाउनु पर्ने , ट्राफिक दुर्घटना र सडक सुरक्षाको प्रबन्धमा भएका ढिला सुस्ती अन्त्य गर्ने, आ—आफ्ना क्षेत्र भित्रका अपराधहरूको सम्बन्धमा प्रहरीलाई जानकारी दिने सम्बन्धमा जिल्लाका राजनैतिक नेतृत्व र जनप्रतिनिधीको साथ सहयोगको खोजी गर्नु भएको छ ।
प्रहरी उपरीक्षक कार्कीले एकैसाथ लामो कार्ययोजना र त्यसमा साथ सहयोग खोजी गरेपछि सत्तारुढ एमालेका अध्यक्ष झविलाल पोखरेलले बोल्दै प्रहरीलाई शान्ति सुब्यवस्था आमन चैन स्थापना गर्न निसर्त साथ दिने वताउनु भयो । तर प्रहरीवाटै कुनैपनि किसीमका विकृती देखापरे त्यसको ढाकछोप एमालेले नगर्ने भन्दै प्रतिवाद गरिने स्पष्ट पार्नु भयो ।सरकारमा भएका नाताले कार्कीले अघि सारेका योजनामा पुरा साथ रहन्छ भन्दै प्रहरीले यसअघि केहिकेही विषयमा दोहोरो चरित्र देखाएकोले आगामी दिनमा त्यस्तो नहुनु पर्ने स्पष्ट पार्नु भयो । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेले वोल्दै प्रहरी नेतृत्व लेनदेन ,घुसखोरी र कमिसन तन्त्रवाट अलग बस्न सकेमा धेरै कुरा शुसासीत हुने भन्दै शुशासन रहदा सम्म कांग्रेस साथमै रहने प्रतिबद्धता जनाउनु भयो ।
माओवादी केन्द्रका कपिलवस्तु अध्यक्ष रामचन्द्र शाह विष्णुले वोल्दै प्रहरी क्षेत्रको अनुभवि नेतृत्व कपिलवस्तुले पाएकाले पक्कै पनि प्रहरीको छवि सुधार हुने अपेक्षा राखेको भन्दै कपिलवस्तुमा धेरै चिजमा सुधार आवश्यक रहेको स्पष्ट पार्नु भयो । शाहले तपाई सही ढंगले लाग्नोस हामी साथमै रहन्छौ भन्दै राम्रो काममा कहिल्यै असहयोग नहुने प्रतिबद्धता जनाउनु भयो । राप्रपाका अध्यक्ष नारायण वहादुर सिंहले बोल्दै आर्थिक प्रलोभनमा धर्म परिवर्तनको खेल जिल्लामा जारी रहेकाले अविलम्व प्रहरीले सकृयता बढाउनु पर्ने माग गर्नु भयो ।
प्रहरी संगठन भित्र हेड क्वाटर ,महानगरीय प्रहरी बृत्त ,तराईका मुख्य जिल्ला , देशका ठूला शहरको प्रहरी संगठनको नेतृत्व गरी सकेका कार्की विगतमा अख्तियार अनुसन्धान आयोगमा रहेर धेरै केसहरुमा सफल नेतृत्व गर्दै आफ्नो छुटटै पहिचान बनाइ सक्नु भएको छ । सुरक्षा संबेदनशील जिल्ला कपिलवस्तुले उहाको नेतृत्ववाट जिल्लाको पहिचान बदल्न र उहाको छवि बचाउन सक्छ वा सक्दैन त्यो भने कामवाटै प्रष्ट हुनेछ ।
प्रतिक्रिया