अर्थ-वाणिज्य

असारे गोष्टी र सेमिनारका कारण पाल्पा बन्यो कोरोना हब



पाल्पा २९ असार । असारमा बजेट सक्न गरिएका अनेकौं गोष्टी र सेमिनारका कारण पाल्पा जिल्ला  नयाँ कोरोना हबको रुपमा देखा परेकोछ।  जिल्ला संकट व्यवस्थापन समितिले दुई सातायता निषेधाज्ञा खुकुलो बनाएको छ । यसको असर भने कोरोना संक्रमणमा देखिएको छ । यहाँ तीन दिनमा २ सय २७ जना संक्रमित थपिएका छन । गाउँमा यसको बढी प्रभाव परेको छ । 

सदरमुकाममै पनि संक्रमण बढेको छ ।  निषेधाज्ञा खुला भएसँगै नागरिकको लापरबाहीले संक्रमितको संख्या पुनः बढेको हो । पछिल्ला दिनमा समुदायमा फैलिने क्रम पनि बढेको छ । सार्वजनिक स्थलमा भीडभाड, मेलापातमा स्वास्थ्य मापदण्ड पालना नगरिनु, गाउँघरमा भेला, रोपाइँ, खेतबारीमा हिँडडुल गर्दा मास्कको प्रयोग कम भएको छ । जिल्ला संकट व्यवस्थापन समितिको निर्णयविपरीत कतिपय स्थानीय तहले तालिम, गोष्ठी नै गरेर भीडभाड जम्मा गरेका छन ।

 स्थानीय तहमा फर्स्योटका लागि आउने नागरिकको संख्या पनि बढेसँगै कोरोना संक्रमण जोखिम पनि बढेको स्थानीय तहका जनप्रतिनिधिले बताए ।रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनील अधिकारीका अनुसार ठिमुरेको दुईवटा टोलमा एन्टिजेन परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ख्याहा गरिएको एन्टिजेनमा एकै दिनमा २४ जनामा देखियो । गाउँपालिकामै गर्दासमेत तीन जनामा देखिएको छ । १ सय ७७ जनामा एन्टिजेन गर्दा ७७ जनामा पोजिटिभ पुष्टि भएको उनले बताए । 

रामपुर स्वास्थ्य शाखाका अनुसार अहिले पनि एन्टिजेन गर्न आएकामध्ये ८० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । रामपुरका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार कम्तीमा ५० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तानसेनमा पनि बीचमा केही दिन घटेको संक्रमण दर पुनः बढेको स्वास्थ्य शाखा प्रमुख झवीन्द्र न्यौपानेले बताए । एन्टिजेन टोलटोलमै पुगेर गर्न सुरु भएको छ । २७ जनामा एन्टिजेन गर्दा १९ जनामा देखिएको उनले बताए । 

प्रकाशित : २९ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६