पर्यटन

बत्तिमुनि अध्यारोवाट चित्कार :बाणगंगा भित्र भलवाडको हाहाकार



कपिलवस्तु २९ असार । बत्तिमुनिको अध्यारोको आवाज बोकेर भलवाडका सर्बदलिय प्रतिनिधी नगर प्रमुखको ध्यानाकर्षण गर्न नगरमा आएका छन् । प्रदेशको चर्चित नगर बाणगंगा भित्र भलवाड हरेक हिसावले उपेक्षित भएकोमा उनीहरुले पीडा ब्यक्त गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित सात राजनैतिक दलहरुले कोभिड खोपको सहज उपलब्धता गराउन र सडक पुर्वाधार निर्माणमा गम्भिर बन्न आग्रह गर्दै बाणगंगा नगरपालिका र सडक डिभिजन कार्यालयमा सामुहिक ज्ञापनपत्र बुझाउदै आफ्ना समस्या दर्साएका हुन्  । 

भलवाड स्थित प्रमूख राजनितिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टीका पार्टी अध्यक्षहरुले सामुहिक रुपमा सो ज्ञापनपत्र सोमबार बुझाएका हुन । बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारु समक्ष ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस वडा नम्बर ९ का सभापति दिपक कुमार थापाले नगरपालिकको केन्द्रबाट सबैभन्दा टाढा रहेको भलवाडमा कोरोना विरुद्धको खोप कार्यक्रम पुग्न नसक्दा जेयष्ठ नागरिकहरु देखि सर्वसाधारणहरुले सास्ति खेप्नुपरेको बताउनुभयो । 

नगरपालिकाले राजमार्ग केन्द्रित खोप अभियान संचालन गर्दा ग्रामिण क्षेत्रका नागरकहरु प्रति नगरपालिका उदासिन बनेको भन्दै तत्काल वडामा स्थापित स्वास्थ्य चौकीमार्फत कोरोना खोप उपलब्ध गराउन माग गर्नुभएको छ ।यस्तै नेकपा एमालेका नेता कमल बेल्वासेले नगरपालिकाले पिपरा र मोतिपुरमा मात्रै खोप केन्द्र बनाउँदा नगरपालिकाका आम नागरिकहरुको पहुँचमा खोप सेवा नपुग्नु दुःखद रहेको बताउनुभएको छ । 

प्रकाशित : २९ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६