कपिलवस्तु २९ असार । बत्तिमुनिको अध्यारोको आवाज बोकेर भलवाडका सर्बदलिय प्रतिनिधी नगर प्रमुखको ध्यानाकर्षण गर्न नगरमा आएका छन् । प्रदेशको चर्चित नगर बाणगंगा भित्र भलवाड हरेक हिसावले उपेक्षित भएकोमा उनीहरुले पीडा ब्यक्त गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित सात राजनैतिक दलहरुले कोभिड खोपको सहज उपलब्धता गराउन र सडक पुर्वाधार निर्माणमा गम्भिर बन्न आग्रह गर्दै बाणगंगा नगरपालिका र सडक डिभिजन कार्यालयमा सामुहिक ज्ञापनपत्र बुझाउदै आफ्ना समस्या दर्साएका हुन् ।
भलवाड स्थित प्रमूख राजनितिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टीका पार्टी अध्यक्षहरुले सामुहिक रुपमा सो ज्ञापनपत्र सोमबार बुझाएका हुन । बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारु समक्ष ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस वडा नम्बर ९ का सभापति दिपक कुमार थापाले नगरपालिकको केन्द्रबाट सबैभन्दा टाढा रहेको भलवाडमा कोरोना विरुद्धको खोप कार्यक्रम पुग्न नसक्दा जेयष्ठ नागरिकहरु देखि सर्वसाधारणहरुले सास्ति खेप्नुपरेको बताउनुभयो ।
नगरपालिकाले राजमार्ग केन्द्रित खोप अभियान संचालन गर्दा ग्रामिण क्षेत्रका नागरकहरु प्रति नगरपालिका उदासिन बनेको भन्दै तत्काल वडामा स्थापित स्वास्थ्य चौकीमार्फत कोरोना खोप उपलब्ध गराउन माग गर्नुभएको छ ।यस्तै नेकपा एमालेका नेता कमल बेल्वासेले नगरपालिकाले पिपरा र मोतिपुरमा मात्रै खोप केन्द्र बनाउँदा नगरपालिकाका आम नागरिकहरुको पहुँचमा खोप सेवा नपुग्नु दुःखद रहेको बताउनुभएको छ ।
प्रतिक्रिया