बुटवल २९ असार । नेकपा एमालेका स्थायी समिती सदस्य शंकर पोख्रेलले जनादेशबाट अस्विकृत भएको नेपाली काँग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलीपल्ट पोख्रेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । पोख्रेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहष्य थप खुल्दै जाने स्पष्ट पारेका छन् ।
उनका अनुसार नाटक अझै बाँकी रहेकोले यस घटनाको थप पटाक्षेप हुँदै जानेछ । पोख्रेलले लेखेका छन् ,‘जनादेशबाट अस्विकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहष्य क्रमश पटाक्षेप हुँदै जानेछ । किनकि नाटक अझै सकिएको छैन ।’
प्रतिक्रिया