तौलिहवा ३० असार । कपिलवस्तु अस्पतालले सुचना प्रकाशन गरि स्वास्थ्य बिमाबाट प्रदान गर्दै आईरहेको सेवाहरु पाँच दिन सम्म रोकेको छ । आर्थिक बर्ष २०७७/७८ को हिसाब मिलान गर्नु पर्ने भन्दै अस्पताल प्रशासनले सुचना प्रकाशित गरि असार २८ देखी साउन १ गते सम्म बिमाको सेवा रोकिने जानकारी दिएको हो । अस्पतालले सुचना जारी गरे सगै बिमा गराएका सेवाग्राहीहरुले बिमाले तोकेका सेवा लिन नपाउदा समस्यामा परेका छन । स्वास्थ्य समस्याबाट हुन सक्ने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गरि बित्तिय संरक्षण गर्ने योजनाका साथ बिमा गराएका सेवाग्राही सेवा रोकिदा मर्कामा परेका हुन ।
अस्पतालले आन्तरिक अडिट र स्टक मिलान गरिने भन्दै सावैजनिक सुचना नै जारी गरेर सेवा बन्द गरे पछि बिमा कार्डका भरमा औषधी गराउन आएका कतिपय सेवाग्राही त्यसै फर्किने गरेका छन । कतिपयले सेवाग्राहीले शुल्क तिरेर सेवा लिएको देखिएको छ ।स्वास्थ्य बिमा गराएकी कपिलवस्तु नगरपालिका वडा नम्बर ४ लौसाकी निर्मला हरिजनले अस्पतालले सेवा रोक्दा आफु मर्कामा परेको बताईन । आफूले बिमाको कार्ड लिएर उपचार गराउन आएको भए पनि अस्पतालले बिमाको सुबिधा लिएकालाई उपचार रोकिएको जानकारी दिएको बताउनुभयो । बिमाकै लागि छुट्टै संरचना नभएको र अस्पतालको फार्मेसीको स्टकहरु व्यवस्थापन गर्दा बिमाबाट दिईएका सुबिधाहरु समेत सुचना निकालेरै रोकिएको कपिलवस्तु अस्पतालका बिमा प्रमुख उमेश उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिक्रिया