अर्थ-वाणिज्य

गठबन्धन बचाउन प्रचण्डको दौडधुप,नेपालसंग राखे यस्तो प्रस्ताव



काठमाडौं २ असार ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।प्रचण्ड आज माधव नेपालको निजी निवास कोटेश्वरमा पुगेका हन् । स्रोतका अनुसार तत्कालीन विपक्षी गठबन्धनको माग अनुरुप नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत जुटाउने विषयमा छलफल गर्नका लागि प्रचण्ड कोटेश्वर पुगेका हुन् ।

सत्तारुढ गठबन्धन कसरी अघि बढ्ने भन्नेबारेमा प्रचण्ड र नेपालबीच छलफल भएको छ ।श्रोतका अनुसार प्रचण्डले अव एमाले एकता संभवन नुहने आकलन गर्दै भने मिलेर अघि बढौ जे जे गर्न सकिन्छ गरौ । गठबन्धनलाई एक महिना मै लथालिङ हुनवाट जोगाऔं । प्रचण्ड र विप्लवले संयुक्त रुपमा माधव नेपाललाई यसअघि पनि भेटेका थिए । सत्तारुढ गठबन्धनलाई सशक्त र प्रभावकारी बनाउनुका साथै केपी शर्मा ओलीलाई धक्का दिनका लागि माधव नेपाल समूह अहिले सशक्त देखिएका छन् ।

माधव नेपालले साथ नदिने हो भने गठबन्धनको सरकार एक महिनामै ढल्नेछ ।त्यसैले पनि बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाललाई भेटेर विश्वस्त पार्ने काम गरिरहेका छन् ।एमाले अध्यक्ष ओलीले बालुवाटारबाट निजी निवास बाल्कोट सर्दै गर्दा माधव नेपाललाई एमालेमा कुनै स्थान दिन नसकिने भनाइ सार्वजनिक भएसँगै ओली र नेपालबीचको दूरी थप टाढिएको छ ।एमाले विवाद समाधान गर्न बनेको कार्यदलमा रहेका सदस्यहरुले भने एमाले एकतालाई बचाइ राख्न भन्दै बैठकलाई निरन्तरता दिएका दिइरहेका छन् ।

प्रकाशित : २ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६