अर्थ-वाणिज्य

कपिलवस्तुमा गतवर्ष भन्दा २ गुणाबढी विरुवा रोपिए



कपिलवस्तु २ साउन     कपिलवस्तुमा गत वर्ष २८ हेक्टरमा  बृक्षारोपण गरिएकोमा यसपाली ५३ हेक्टरमा गरिएकोछ । क्षेत्रफलका हिसावले हेर्दा गतवर्ष भन्दा २ गुणावढी हो । यो वर्ष २ लाख ५० हजार विरुवा उत्पादन गरेको छ । हाल सम्म ५३  हेक्टरमा विरुवा लगाइएको छ । अतिक्रमित जमिन , खाली ठाउँमा डिभिजन बन र बन उपभोक्ता समितिले उक्त विरुवा लगाएका हुन्  । त्यस्तै व्यवसायिक र निजिमा पनि विरुवा रोपिएको छ । यो वर्ष विभिन्न जातका १ लाख ९० हजार विरुवा वितरण गरिएको सहायक वन अधिकृत मदन ढुंगानाले बताउनु भयो । गत वर्ष वनले २ लाख विरुवा उत्पादन गरि २८ हेक्टर जमिनमा वृक्षा रोपण गरेको थियो । 

वन कार्यालयले विभिन्न जातका विरुवा उत्पादन निःशुल्क वितरण गरेको छ । कार्यालय परिसरमै पनि विभिन्न जातका विरुवाहरु उत्पादन गरिएको छ । परिसर भित्रै   टिक , अर्जुन , धुपी ,मशला , असना , खयर ,गोलमोर ,कल्की , सितल चिनी ,अमला, खयर लगायतका विरुवाहरु उत्पादन भएका छन ।  विशेष गरि जिल्लामा टिकका विरुवा वढि मात्रामा लिने गरेका छन । टिकको काठमा किरा नलाग्ने हुदा टिकको  विरुवा बढि लिने गर्छन ।  

वनले फलफुलका विरुवाहरु पनि उत्पादन गरेको छ । आँपका विभिन्न जातहरु दसरी , अमरपाली  लगायतका विरुवाहरु भने रौतहटबाट ल्याउने गरिन्छ । उत्पादन बाहिरी जिल्लाबाट भए पनि यहाँ आँपका विभिन्न जातका विरुवाहरु निःशुल्क बितरण  गरिएको सहायक वन अधिकृत ढुंगानाले बताउनु भयो । 


उत्पादन गरेका विरुवा मध्ये मसला , टिक , सिमल , खयर , बकाइनो , बास , बेल , अर्जुन लगायतका विरुवाहरु वढि मात्रामा रहेका छन । २०७१ देखि २०८० सम्मलाई  सरकारले वन दशकको रुपमा मनाउने योजना बनाई सकेको  अवस्था छ । वन दशकको नारा “एक घर एक रुख , एक गाउ एक वन , एक नगर अनेक उद्यान”  रहेको सन्र्दभमा प्रत्येक व्यक्तिले वृक्षारोपण गर्ने यो सिजनमा कम्तिमा एक विरुवा एक व्यक्तिले रोपण गरेमा वन वातावरण र संवृद्धिमा ठुलो टेवा पुग्न सक्छ । 

विरुवा लिनका लागि नजिकका नर्सरीहरुमा जान अनुरोध गर्दै यस कुरालाई सवैले मनन गरेर व्यापक रुपमा वृक्षा रोपण गरि  वन दशकलाई सफल बनाउन समेत सहायक वन अधिकृत ढुंगानाले सबैमा आग्रह गर्नु भयो । वर्षात्को बेला समयमा वृक्षा रोपण गरि रेखदेख गरेमा विरुवाहरु राम्रो गरि सप्रिन सक्ने वन विज्ञहरु बताउँछन । 

प्रकाशित : २ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६