अर्थ-वाणिज्य

मनोरम पार्कमा मण्डला सिलन्यास : पर्यटकीय आकर्षणको केन्द्र मधौली पार्क



कपिलवस्तु ३ साउन ।पर्यटीकय दृष्टिकोणले सुन्दर पार्कको रुपमा बिकास भईरहेको बाणगंगा ५ मद्यौली स्थित सुपा देउराली मन्दिरको पार्कमा मण्डला शिलन्यास गरिएको छ ।  एक कार्यक्रमका बिच सबिधान सभा सदस्य बलराम अधिकारीले शिलन्यास गर्नु भएको हो  । शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सबिधान सभा सदस्य अधिकारीले सामुदायिक बनले पार्क निर्माण गरि पर्यटकको ध्यान खिचिरहेको भन्दै अझ योजनाका साथ पार्कलाई बिस्तार गर्दै लैजान आग्रह गर्नुभयो । यसका लागि आफ्नो ठाउबाट सक्दो सहयोग रहने भन्दै बन संरक्षणमा पनि जोड दिन सुझाब दिनुभयो । चारैतिरबाट पर्यटकहरुको ध्यान खिचिरहेको भन्दै बनसंग जोडिएका नगरका अन्य वडाहरुले पनि बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले पार्क बिस्तार र रमणीय बनाउनका लागि आफ्नो तर्फबाट ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै यस मन्दिरमा धार्मिक कार्य गर्ने संगै पार्कमा घुम्न आउनेको संख्या बढिरहेको भन्दै यसबाट आन्तरिक श्रोत जुटाउने खालका योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।यसैगरि कार्यक्रममा बोल्दै नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष झबिलाल पोख्रेलले मद्यौली सामुदायिक बन उपभोक्ता समूहले मिहिनतका साथ बनको संरक्षण र मन्दिरको सुन्दरीकरणमा जोड दिएको प्रति धन्यावाद दिनुभयो । थप यसको बिकासका लागि आफ्नो पनि सहयोग रहने स्पष्ट पार्नुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै बाणगंगा ५ का वडा अध्यक्ष भिष्मराज भूषालले यो पार्क नगरकै नमुना बन उद्यानको रुपमा अघि बढेको बताउनुभयो । मंडला निर्माणका लागि वडाबाट ४ लाख बजेट बिनियोजन गरिएको बताउनुभएको छ । यस्तै नगरमा बसपार्क निर्माण यस बन क्षेत्रभित्र बनाउने अवधारणा अघि बढेको बताउनुभयो । मंडला निर्माणका लागि करिब २० लाख बराबरको लागत लाग्ने अनुमान गरिएको मद्यौली सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष खडानन्द गौतमले जानकारी गराउनुभएको छ । 

उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै फलफुलका बिरुवा वितरण ,घास दाउरा वितरण ,बिभिन्न रोगबाट ग्रस्त बिपन्न परिवारलाई आर्थिक सहयोग लगाएतका कामहरु सामुदायिक बनले गर्दै आएको जानकारी गराउनुभयो । कार्यक्रममा पार्क निर्माण देखी प्रबेशद्धार निर्माणमा सहयोग गर्ने स्थानिय शुमा क्षेत्री ,तुल्सीराम पोख्रेल र मनकुमारी शार्कीलाई सम्मान पत्रले सम्मान गरिएको बनका कोषाध्यक्ष बाबुराम बस्नेतले बताउनुभयो ।


कार्यक्रममा वडा नं १ वडा अध्यक्ष बालकुमारी अधिकारी ,४ वडा अध्यक्ष गणेश क्षेत्री ,८ का वडा अध्यक्ष गुणनिधि भूषाल लगाएतको उपस्थिती रहेको थियो । बनका कार्यसमिति सदस्य सुमन क्षेत्रीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन बनका उपाध्यक्ष तुल्सी प्रसाद अर्यालले गर्नुभएको थियो ।

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६