कपिलवस्तु ४ साउन । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ५ मा साजको काठसहित ४ जना प्रकाउ परेका छन । साउन १ गते सुठौली हुदै कोपवा तर्फ ल्याउदै गरेको साजको काठसहित ४ जना प्रकाउ परेका हुन । प्रकाउ पर्नेमा वडा नः ५ का बर्ष १८ कामहावलि थारु,बर्ष १५ का बिनोद थारु, बर्ष ५० का लक्ष्मण थारु र बर्ष २२ का प्रवेश थारु रहेका छन । त्यस्तै बाणगंगा नगरपालिका वडा नः १० मा पनि सालको काठ लुकाई छिपाई राखेको आरोपमा कुल बहादुर बोटे प्रकाउ परेका छन ।
यता भारतबाट भन्सार छली गरि नेपाल तर्फ ल्याउँदै गरिएको ५ वटा ल्यापटप सहित पक्राउ गरिएका दुई जना मानिसहरुलाई कपिलवस्तुको प्रहरीले आईतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौको चन्द्रागिरी नगरपालिका –९ थानकोटका २२ बर्षीय कृष्ण शाही र सप्तरीको महादेव गाउँपालिका–५ भगवानपुरका बर्ष २० बर्षीय नवनारायण मण्डल रहेको प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।लेनोभो आर १५ मोडलको ५ थान ल्यापटप र त्यसको चार्जर बरामद गरि थप कारवाहीको लागी भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया