बुटवल ५ असार ।एमालेका अध्यक्ष केपि ओलीले राजनीनामा फिर्ता लिन भिम रावललाई आग्रह गरेपनि रावल फिर्ता लिन तयार भएका छैनन् । उनी आफू राष्ट्रब्यापी रुपमा कार्यकर्ताका माझ जाने र शिर्ष नेताले पाटी सिद्धाउन लागेकाले संसद त्यागेको स्पष्ट पार्ने मनस्थितीमा रहेको वताइएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताएका थिए ।
ओलीले भने ‘भीम रावलले भन्दा पनि माधव नेपालले देउवालाई एक्लै भने पनि विश्वासको मत दिन्छु भनेछन् । त्यसपछि सल्लाह नगरी हतारिएर किन राजीनामा दिएको ? माधव नेपालले गद्दारी गरे पनि एमाले पार्टी त छ नि । राजीनामा फिर्ता लिनुस् ।पार्टीमा कृयासिल हुनोस ।
प्रतिक्रिया