अर्थ-वाणिज्य

बाणगंगामा २ सय घर उच्च जोखीममा सूचीकृत



कपिलवस्तु ८साउन । बाणगंगा नदीमा पानीको बहाव बढेसँगै जिल्लाको महाराजगंज नगरपालिकाका दुई सय घर जोखिममा परेका छन् ।हरदौना गाउँ छेउबाट बग्ने नदीले कटान गर्दै नदी गाउँनजिक पुगेपछि बस्ती जोखिममा परेको हो । नदीले जमिन कटान गरेर बग्ने धार समेत परिवर्तन गरेको छ । नदीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

नदीले प्रत्येक वर्ष गाउँतर्फको करिब एक सय मिटर जमिट कटान गर्दै आएको छ । एकै रातमा ५–६ मिटर कटान गर्दै नदी गाउँनजिक आइपुगेको उनीहरूको भनाइ छ ।वाणगंगा नदीको कटानलाई समयमै व्यवस्थित नगरे नदीले सबै जग्गा बगाउने वडा नम्बर १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताउनुभयो । 

यता  बाँकेका पौडी खेल्ने क्रममा डुबेर ३ जना किशोरको मृत्यु भएको छ । कोहरपुरमा रहेको डडुवा खोलामा पौडी खेल्ने क्रममा नेपालगञ्जका ३ जना डुबेको प्रहरीले जनाएको छ।बुधबार दिउसो पौडी खेल्ने क्रममा नेपालगञ्ज उप–महानगरपालिका ११ का १८ वर्षिय राशिद जसगढ, सोही ठाउँका १७ वर्षिए अरमान जस गढ र १६ वर्षिय आरिफ जस गढ बेपत्ता भएका थिए। खोज तलासका क्रममा उनीहरु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधु सुदन न्यौपानेले बताए।

प्रकाशित : ७ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६