प्यूठान ९ साउन । बाख्रा चराउन गएका बेला प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिका फेला परेका छन् । माडीनदिले बगाएको ठाउँबाट करिव ४० किलोमिटर तल सरूमारानी गाउँपालीका १ मा ७ बर्षिय सर्मिला थापाको सव फेला परेको थियो भने अर्की ८ बर्षिय बिपना थापाको सव बगाएको ठाउँदेखि ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालीकाको क्षेत्रमा खोजि गर्नेक्रममा स्थानिय र प्रहरीले फेला पारेका थिए ।
खोजिकार्य गर्दै जाँदा खोलाले बगाएको पाँचदिन पछि दुई बालिकाको सव भेटिएको हो । सवलाई फेला पारी आफन्तको जिम्मा लगाईएको प्युठान जिल्ला प्रहरी कार्यलयका प्रवक्ता देबि प्रसाद गैरेले जानकारी दिए । नदिको किनारमा बाख्रा चराईरहेका बेला माडि नदिको छेउँमा पौडि खेल्न झरेका प्युठानको सरुमारानी ४ निवासी बोमबहादुर थापाको ८ बर्षीय छोरी विपना थापा र सोही वडाको मान्द्रे निवासी नुमबहादुर थापाको ७ बर्षीय छोरी सर्मिला थापा माडि नदिमा बगेर वेपत्ता भएको पाँच दिनपछि फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताए ।
बर्दियामा नदी र खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गेरुवा गाउँपालिका ६ का १४ वर्षीय सञ्जीव विक र उनको ८ वर्षीया बहिनी दिलमाया छन् । उनीहरु कर्णाली नदीको सैजनाघाटमा नहुाउने क्रममा बेपत्ता भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । यसैगरी राजापुर–५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी पनि बेपत्ता भएकी छन् ।
तीन जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागिरहे पनि फेला परेका छैनन् । बिककी दाजुबहिनी शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए । नदीमा बेपत्ता भएको जानकारी उनीहरुसँग गएका साथीले गराएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । खोजीमा तालिम प्राप्त पौडीवाज लागिरहेका छन् ।
प्रतिक्रिया