रुपन्देही १० साउन । रुपन्देहीको सैनामैना नगरपालिकामा एकैदिन करोडौंका ३ आयोजनाको शुभारम्भ भएको छ । ती आयोजनाहरुले सैनामैनाको विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण आयाम थपिने विश्वास व्यक्त लिइएको छ । शनिबार सैनामैना–२ अवस्थित बोलबम धाम पुनःनिर्माणको उद्घाटन भएको छ भने सैनामैना–४ मुर्गियामा १५ सैय्याको अस्पताल निर्माणको काम सुरुवात गरिएको छ । यसैगरी सैनामैना–९ मा स्थापना गर्न लागिएको विद्युतीय सवारी साधन एसेम्बल स्थलको समेत भूमिपुजन भएको छ ।
सैनामैना नगरपालिकाले धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गरि गुरुयोजना बनाएर बोलबम धामको पुनःनिर्माण गर्न लागेको हो । पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भर्चूअल माध्यमबाट धाम पुनः निर्माणको उद्घाटन गरेका छन् । यस्तै रुपन्देहीको सैनामैना नगरपालिकामा १५ शैंयाको आधारभूत अस्पताल निर्माणको काम सुरु भएको छ । ५० शैंया क्षमतामा सञ्चालन गर्न सक्ने गरि पुर्वाधारको डिजाईन अनुसार निर्माण हुने अस्पतालको सैनामैनाका मेयर चित्रबहादुर कार्कीले शिलान्यास गरेका हुन् ।
यसैगरि सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि सैनामैना नगरपालिकामा एसेम्बल प्लान्ट निर्माण सुरु गरेको छ । नेपाल सरकारले विश्वका १० उत्कृष्ट विद्युतीय गाडी निर्माताहरु नेपाल आएमा सहयोग गर्ने घोषणा गरेसंगै सुन्दर ट्रेडर्सले चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनीसंग सहकार्य गरेर नेपालमै एसेम्वल प्लान्ट राख्ने योजना सहित प्यान्ट निर्माणको काम सुरु भएको छ ।
सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले प्लान्टको शिलान्याश गर्दै रोजगार सिर्जना गरी आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ ।अहिलेसम्म नेपालमा सार्वजनिक विद्युतीय यातायात सञ्चालन गर्ने एक मात्र कम्पनी सुन्दर यातायात हो । सैनामैना नगरपालिका प्रमुख कार्की र सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाका बीच सो सम्वन्धी सम्झौता भएपछि नेपालमा पहिलोपटक एसेम्वल प्लान्ट स्थापनाको लागि काम सुरु भएको हो ।
प्रतिक्रिया