कपिलवस्त ११ साउन । कम्युनिष्ट आन्दोलनमा लामो समय योेगदान गर्दै पार्टीको पूर्व जिल्ला कमिटी सदस्य र जिल्ला सल्लाहकार समेत बन्नु भएका बाम बुद्धिजीवी युवराज पाण्डेकोे निधन प्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले सोमवार विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको छ । संगठनलाई क्षेती भएको वताइएको छ ।
बाणगङ्गा नगरपालिका वडा नं. २ पिपरा निवासी स्वर्गीय पाण्डे जनता मावि पिपराका पूर्व प्रधानाध्यापक समेत हुनुहुन्थ्यो । स्वर्गीय पाण्डेले लामो समयसम्म शिक्षक संगठनमा समेत रहेर पनि काम गर्नु भएको थियो । एमालेका जिल्ला अध्यक्ष झविलाल पोखरेलले स्वर्गीय पाण्डेको पार्थिक शरिरमा पार्टीको झण्डा ओढाएर सोमबार नै बाणगंगाको लक्ष्मणघाटमा अत्येष्टी गरिएको छ ।
एमाले बाणगंगा वडा नं. २ का अध्यक्ष नहकुल शाहीले जिवनी चर्चा र जिल्ला नेता तथा बाणगंगा नगरपालिका वडा नं २ का वडा अध्यक्ष बिष्णु पौडेलको संचालनमा भएको शोक सभामा प्रदेश सांसद विष्णु पन्थी,जिल्ला सहसंयोजक डम्मर शर्मा लागाएतका नेता, कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।लामो समयदेखि विभिन्न दीर्घरोगबाट ग्रसित स्वर्गीय पाण्डेको ७८ वर्षको उमेरमा आफ्नै निवासमा आज (सोमबार) निधन भएको थियो ।
प्रतिक्रिया