अर्थ-वाणिज्य

मुख्यमन्त्री पोखरेलले विश्वासको मत छिटटै लिने



बुटवल १२ साउन । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले सरकारले विश्वासको मत छिटटै लिने बताएका छन् । मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले विपक्षी दलहरुले सरकार अल्पमतमा रहेको र अवैधानिक रहेको आरोप लगाइरहेकाले सरकारले विश्वासको मत लिएर वैधानिक बन्ने बताए ।

मन्त्री चौधरीले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाए पनि प्रदेश सरकारलाई फरक नपर्ने बताए । जसपाकी सांसद पुर्मति ढेंगामगरलाई सत्ता पक्षले नलुकाएको दाबी गर्दै मन्त्री चौधरीले सरकार गैरसंसदीय खेलमा नलाग्ने बताए ।यसैबीच लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यको लागि लुम्बिनी प्रदेशको रणनीति स्वीकृति प्रदान गरेको छ । यस्तै प्रदेश खेलकुद विकास नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६