काठमाडौँ १२ साउन। मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथासंसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचनलाई र गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गरिएको छ,’ उनले भने ।गण्डकी प्रदेशमा हाल सीतादेवी पौडेल प्रमुख छन् । उनीभन्दा पहिले शेरचन प्रदेश प्रमुख थिए । लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव छन् । यादव र पौडेललाई केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पहिलोपटक प्रदेश प्रमुख फेरिएका हुन्
१२ श्रावण २०७८, मंगलबार
प्रतिक्रिया