प्रदेश

सर्बाेच्चले अन्तरीम आदेश दिएको विषयमा उपेन्द्रको कारवाही हावादारी हर्कत



बुटवल १३ साउन ।लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएका प्रदेश सांसदले सर्वाेच्च अदालतले अन्तरीम आदेश दिए अन्तिम  फैसलाको आउने क्रममा रहेको विषयमा उपेन्द्र यादवले गरेको का्वाहीको घोषणा हावादारी हर्कत भएको आरोप लगाएका छन् ।  अदालतले फैसला गर्दै गरेको अवस्थामा फेरी पार्टीले कारवाही गर्नुको कुनै अर्थ नहुने बताएका छन् । सर्वोच्चमा मुद्दा चलेको बेला कारवाहीको कुरा उठ्नु भनेको अदालतको अवहेलाना भएको उनीहरुको भनाइ छ। 

जसपाको विवादमा निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो । आधिकारिकता पाएपछि जसपाको कार्यकारिणी समितिले लुम्बिनीमा मन्त्री भएका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारवाही गर्ने निर्णय गरेको छ। 

भौतिक पूर्वाधार विकासमन्त्री सन्तोषकुमार पाण्डेले सर्वोच्चले सांसद कायमै गरिदिएकाले मुद्दा नटुंगीदासम्म कारवाहीको अर्थ नहुने बताए । अहिले आएको कारवाहीको चर्चा दुषित प्रक्रिया भएको पाण्डेको भनाइ छ । सभामुखले कारवाहीको सुचना निकाले भने अवहेलनाको कारवाही भोग्नु पर्ने उनले बताए। बर्तमान प्रधानमन्त्री जस्तै आफूहरु पनि अदालतको आदेशबाट सांसद रहेको पाण्डेको तर्क छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवले कारवाही भनेको प्रचारबाजी मात्र भएको बताए । उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे भने विरामी भएर काठमाडौँमा उपचाररत छन्। यस अघि राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले पदबाट राजिनामा दिएर सरकारलाई समर्थन नरहेको बताइसकेकी छन्। 

प्रकाशित : १३ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६