प्रदेश

लुम्बिनीकी उद्योग मन्त्री पाण्डे खतरा मुक्त, आइसियुबाट नर्मल वार्डमा स्थानान्तरण



बुटवल १३  साउन ।काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएपछि बुधबार विहान उनलाई आइसियुबाट नर्मल वार्डमा सारिएको छ।

न्युरोसम्बन्धी रोग जिडिएसबाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे गत आइतबारदेखि अस्पतालको आईसीयू कक्षमा उपचाररत थिइन्। पाण्डेको अवस्था खतरामुक्त रहेको अहिले नर्मल वार्डमा राखेर उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले बताए। 

दुवै खुट्टा नचल्ने भएपछि मन्त्री पाण्डेलाई आइतबार भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँको नर्भिक अस्पतालमा लगिएको थियो। उनलाई न्युरो सम्बन्धी रोग जिडिएस भएको चिकित्सकहरुले बताएका छन्। मन्त्री पाण्डेलाई चिकित्सक पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित : १३ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६