अर्थ-वाणिज्य

माओवादी नेताहरुको मुद्दाको सुनुवाई शूरू



काठमाडौं, १४ साउन । सांसद पद कायम गरी कामकाज गराई पाउँ भन्दै दायर गरिएको चार पूर्व माओवादी नेताहरुको मुद्दाको सुनुवाई बिहीबार सर्वोच्च अदालतमा हुँदैछ ।

माओवादी केन्द्रका चार नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाश तोकिएको छ । सुनुवाइ शूरू भयको छ। सर्वोच्चले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र दुई अलग पार्टीमा परिणत भएका थिए ।

माओवादी केन्द्रमा रहेका ती चार नेता माओवादी परित्याग गरी एमालेमा गएर मन्त्री बनेका थिए । पार्टी परित्याग गरेका उनीहरुलाई माओवादीले सांसदबाट हटाएकामा संसद पुनर्वहाली भएपछि अहिले आफ्नो गुमेको पद फिर्ता गराइ पाउँ भन्दै रायमाझी, भट्ट, साह र चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

एमालेमा प्रवेश गरेर केन्द्रीयदेखि स्थायी कमिटी र संसदीय दलसमेतका बैठकमा भाग लिइरहेका चारै नेताले आफूहरूले दल त्याग नगरेकाले माओवादीले सांसद पदबाट हटाउनु असंवैधानिक भन्दै पद बहाली गरिपाउँ भन्दै रिट हालेका हुन् । फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेपछि ओली सरकारमा मन्त्री समेत बनेका थिए 

प्रकाशित : १४ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६