प्रदेश

एक बर्षमा १५१ डरलग्दा घटना : विवाहित पुरुष र अविवाहित महिला बढी संलग्न



कपिलवस्तु १४ साउन । मानिसका लागि सबैभन्दा गाह्रोक्षण प्राणत्याग गर्नु हो । तर यहि काम गरेर एक वर्षमा घटेका १५१ वटा डरलाग्दा घटनामा विवाहित पुरुष र अविवाहित महिला बीच मिल्दा जुल्दा तथ्यांक फेला परेका छन्   एकपछि अर्को गर्दै कपिलवस्तुका बिभिन्न स्थानमा आत्महत्या गरी प्राणत्याग गर्नेहरु दिनहूँ बढिरहेका छन् ।आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालिकाले पनि आत्महत्या गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय अनुसार गत आर्थिक बर्ष २०७७/०७८ मा कुल १ सय ५१ जनाले आत्महत्या गरेका छन । 

जसमा ९० जना पुरुष र ६१ जना महिला छन । झुन्डीएर ९८, बिष सेवन गरी ४९, ओगो लगाई २, आत्महत्या दुरुत्साहनमा २ जना छन । अघिल्लो आर्थिक बर्ष २०७७/०७७ मा १ सय ३० जनाले आत्महत्या गरेका थिए । गत बर्ष १८ देखि ६० बर्षका पुरुष ९४ जना र ६० बर्ष भन्दा माथीको पुरुष ६ जनाले आत्महत्या गरेका छन । यस्तै १८  बर्षमुनीका १४ जना बालिका, १८ देखि ६० बर्ष उमेरका ४४ जना महिला, ६० बर्ष माथीका ३ महिलाले समेत  आत्महत्या गरेका  छन । यस्तै बिवाहीत पुरुष ७८, बिवाहीत महिला ३५ जना आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ ।

विवाहित तर्फको आकडा हेर्नेहो भने महिलाको तुलनामा पुरुष २ गुणा भन्दा वढी यस्ता डरलाग्दा घटनामा सामेल भएका छन्। तर अबिवाहीत पुरुष १२ र अबिवाहीत महिला २८ जनाले देहत्याग गरेका छन । पुरुष तर्फ विवाहित र महिला तर्फ अविवाहितको संख्या झण्डै २ गुणा बढी देखिएको छ । बदलिदो सामाजिक संरचना र परिबेशसंगै आत्महत्याको क्रम पनि बढदै गएको पाईको प्रहरीले जनाएको छ । कोरोनाका कारण बढदाो निराशले गर्दा मानसिक रोगी भई आत्महत्या गरेको प्रहरीको अध्ययनले देखाएको छ ।

बढ्दो महंगी, बेरोजगारी, बदलीदो सामाजिक परिबेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय अनुसार अधिकांश व्यक्तिहरु आर्थिक विपन्नताका कारण आत्महत्या गर्ने गरेका छन् ।  प्रेममा असफल भएपछि पनि आत्महत्या गरेको पाईएको छ  । घरमा श्रीमान श्रीमति बिच सधै हुने झैझडा, बिवादले गर्दा नै अधिकांसले आत्महत्या गरेको पाईएको छ ।केही बर्ष यता बैदेशिक रोजगारीमा जानेको संख्या बढेसंगै त्यसले केही नकारात्मक असर समेत देखाएको छ । 

बिदेशमा रहेका श्रीमानले श्रीमतिको नाममा पैसा पठाउने तर तिनका श्रीमतिहरु अन्धाधुन्ध खर्च गर्ने र पर पुरुषसंग लाग्ने गरेको समेत भेटिएको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनए । ‘ बिदेशबाट फर्केर आएका श्रीमानले त्यो कुरा थाहा पाए पछि गाह्रो परेर कैयो महिलाले आत्महत्या गरेको भेटिएको छ, ’ उनले भने ‘ पहिला यस्तो कारणले आत्महत्या गरेको नभेटिए पनि अहिले यस्तो देखिनु चिन्ताको बिषय भएको छ उनले प्रष्टाए  । ’ 

सामाजिक परिबेश तीब्ररुपमा बदलिरहेको अवस्थामा पुरातन शोच लादन खोज्ने, ईच्छा र आकांक्षा पुरा नहुदा, पारिवारिक कलह, आवेग लगायतका मिश्रित कारणहरुले आत्महत्या गरेको घटनाको अनुसंधानकाक्रममा पाईएको उनले बताए ।स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले आत्महत्यालाई समाजमा ब्यत्तिगत समस्याको रुपमा लिइएको बताए । उनले आत्महत्या समाजिक समस्या भएकाले यसलाई सबैले गंभीररुपमा लिनु पर्ने बताए ।  

जुनसकै कारणले गरिको आत्महत्याको संख्या बढदै जानु ठुलो सामाजिक समस्या रहेकोले यस बिषयमा सामाजिक सचेतना कार्यक्रम चलाउनु पर्ने उनको भनाई छ । ‘ समाजमा आत्मबिश्वास जागाउने खालको कार्यक्रम गर्न जरुरी छ  ’ उनले भने । बदलिदो सामाजिक परिवेशमा बढ्दो गरिबीका कारण अधिकांश विपन्न व्यक्तिहरुमा आर्थिक अवस्था कमजोर भएपछि उनीहरुले आत्महत्या गर्ने गरेको कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाड बताउछन । केहि व्यक्तिहरुमा मानसिक यातनाका कारण नैराश्यता पैदा हुदा पनि विष सेवन गरि अथवा झुण्डीएर आत्महत्या गर्ने गरेका उनको भनाई छ । विष सेवन गर्दा अधिकांशले मेटासिट नामक विषादिको प्रयोग गर्ने गरेको प्रयाप्त पोष्टमार्टम रिर्पोटहरुमा देखिएको उनले जानकारी दिए । 

जिल्लाका कतिपय बिषादी बिक्रेताले गैर किशानलाई थारै पेसाको लाभका लागि समेत बिषदी बिक्री गरेकोले पनि बिष सेवनबाट आत्महत्या गर्नेको संख्या बढी रहेको स्थानीयबासी बताउछन् । कतिपयले भारतमा गएर बिषदी खरीद गरी सेवान गरी आत्महत्या गरेको प्रहरीले बताएको छ ।हरेक वर्ष आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि हुनु र झन त्यसमा पनि महिला र युवाहरुको संख्या बढि हुनुमा समाजमा एउटा चिन्ताको विषय बनेको समाजशास्त्त िहरिराज शर्मा बताउछन ।

 अभिभावकले बालबालिकामा दबाब दिदा, किसान ऋणमा डुब्दा, दाइजोका कारण मानसिक यातना भोग्दा पनि समाजमा आत्महत्या गर्नेहरुको संख्या बढिरहेको हुदा सामाजिक क्षेत्रबाट नै यसको न्यूनिकरण गर्न सकिने उनले बताए । बढ्दो जनसंख्या र परिर्वतित समाजमा आफ्नो आवश्यक्ता र चाहना पुरा गर्न नसकेपछि बढ्ेको आत्महत्या अहिले एउटा ठूलो खोजको विषय बनेको उनले बताए । पारिबारिक झै झगडा, गरिबी र रोगबाट दिक्क मान्दै आत्महत्या गर्नेको संख्या त्रासदीपुर्ण तरिकाले बढे पछि यहाँ चिन्ता बढेको छ । 

प्रकाशित : १४ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६