अर्थ-वाणिज्य

एचआईभी संक्रमितलाई खुशीको खवर : औषत मृत्यूदर ०.८३ प्रतिशत मात्र



कपिलवस्तु १४ साउन । कपिलवस्तुमा एक बर्षको अवधिमा सकृय संक्रमित ४८१ जना मध्ये ४ जना अर्थात ०.८३ प्रतिशतको मात्र मृत्यू भएको छ । विगतमा एचआइभी लाग्यो भने मरिन्छ भन्ने मान्यता यो पछिल्लो अवस्थाले बदलिन पुगेको छ । गतआर्थिक बर्ष २०७७/ ०७८ मा एड्सले २ जना पुुरुष र २ जना महिलाको मृत्यु भएको हो । एआरटि सेन्टरमा संपर्कमा नहरेको, औषधी सेवनमा लापरवाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफानले बताए । 

गत बर्ष तौलिहवा एआटी सेन्टरमा २४ जना पुरुष र २४ जना महिला संक्रमित थपिएको उनले बताए । जिल्लामा गत आर्थिक बर्ष सम्म ४ सय ८१ जना संक्रमित फेला परेका छन । जसमध्ये तौलिहवा एआरटी सेन्टरमा ४ सय २५ र महाराजगंज सेन्टरमा ५६ जना संक्रमित फेला परेको फोलक पर्सन ईरफानको भनाइ छ । कपिलवस्तुको तौलिहवामा एड्स हेल्थकेयर फाउन्डेशन नेपालले जिल्ला परियोजना सल्लाहकार बैठकमा पेश गरेको विवरणमा यस्तो वताइएको हो । 

सो बैठकमा क्षेत्रीय कायक्रम संयोजक धर्मराज भन्डारीले बिभिन्न स्थानमा ३ हजार ६९ जनाको परिक्षण गर्दा १७ जना नया संक्रमित फेला परेको बताए । संक्रमितहरुको उपचार, परिक्षण औषधी सबै निःशुल्क छ । तर अझै पनि हेयभाव, भेदवार र डरले धेरै संक्रमितहरु खुल्न नसेककोले समस्या परेको भण्डारीले बताए । उपचारकलागि तौलिहवा अस्पताल र महाराजगंजमा एआटी सेन्टर तथा पकडी र गोरुसिंगेमो सव सेन्टर संचालित छन ।

 सिडीफोर काउन्ट रगत परीक्षण, चाहिने औषधीहरु सेन्टर मै उपलब्ध हुने गरेको तौलिहवा एआट सेन्टरकी परामर्शदाता जरिना खातुनले बताईन । ‘हामीले यहीबाट सबै सेवाहरु दिने गरेका छौ , उपचारमा आउने कतिपय संक्रमितहरु लामो सयम देखि संपर्कबिहीन छन जसले गर्दा उनीहरुको ज्यान जोखिमा परेको छ ’ उनले भनिन ‘ फेला परेका संक्रमितहरु समेत उपचारमा लापरावही गर्दा समस्या आएको छ ’ । जिल्ला एड्स समन्वय समितिले जिल्लामा कुल एक हजार छ सय संक्रमितहरु रहेको अनुमान गरेको छन् । 

जिल्लाका रोजगारीका लागि भारत गएका थुप्रै चलायमान मानिसहरु रहेकोले अनुमाति संख्या भन्दा बढी संक्रमित हन सक्ने स्वासथयकर्मी बताउछन । फेला परेका ९० प्रतिशत बढी रोजगारीका लागि भारत गएको बेला असुरक्षित यौन संपर्क गरे पछि संक्रमित भएको एएएचएफ की जिल्ला संयोजक अस्मिता शर्माले बताईन  । त्यही संक्रमित श्रीमानबाट आफनो श्रीमतिमा रोग सरेको उनले बताईन । आफूहरुमाथी अझै दोस्रो दर्जाको ब्यक्ति जस्तै ब्यवाहर हुने भएकोले धेरै संक्रमितहरु खुल्न नचाहेको संक्रमितहरु बताउछन । 

स्वास्थ्य कार्यालयका प्रमुख  हेमराज पाण्डेयले समाजका लुकेर बसेका संक्रमितहरुलाई स्वास्थ्य परिक्षणकालागि सहज स्थिति बनाईएको दावि गरे  । ‘ अझ पनि थुप्रै संक्रमितहरु लुकेर बसको छन यो समस्याको बिषय हो सबै सरोकारवाला यस बिषयमा गंभीर हुनु पर्र्छ’  उनले भने । संकृय सेवा समाजकी पुर्व टिमलिडर सुशीला बेल्बासेले संक्रमितहरुलाई पहीलेको भन्दा अहिले उपचार, परामर्श लगातयका धेरै सहजता आएको बताईन । 

तर पनि अझै धैरे संक्रमितहरु स्वास्थ्य सेवाको पहुचबाट टाढा रहनु चिन्ताको बिषय रहेको उनले बताईन । जिल्लामा चलायमान समूह ७० हजार, यौनकर्मी चार सय, यौनकर्मी ग्राहक एक हजार सात सय, लागु औषध प्रयोगकर्ता तीन सय रहेको अनुमान गरिएको छ ।

 यस्तै भारत बाहेक ३५ हजार बढी तेस्रोमूलक रोजगारीका लगि गएका छन् । जसले गर्दा पनि जिल्लामा संक्रमितहरुको संख्या बढी हुने अनुमान गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, प्रजिअ चmक्रपाणी  पाण्डे, जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेल, कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले एचआईभि संक्रमितहरुका सवालमा सरोकारवालाहरु एकीकृत कार्यक्रम लिएर अघि बढनु पर्ने सुझाव दिए । 

प्रकाशित : १४ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६