कपिलवस्तु १४ साउन। आज कपिलवस्तुको बाणगंगा नेपालमा ९ औँ,प्रदेशमा तेस्रो र कपिलवस्तु जिल्लामा पहिलो नगरपालिकाका रुपमा बालमैत्री नगर घोषणा गर्न लागीएको छ।एक कार्यक्रमकाबिच शुक्रवार आज बालमैत्री नगर घोषणा गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताए । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले बिभिन्न महत्वुर्ण निर्णय समेत गरेको छ ।
बैठकले संघीय तथा प्रदेश सरकारको स्रोतबाट कार्यन्वयन हुने योजनाहरुको बजेट माग गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए ।र्थिक बर्ष २०७७/७८ मा सम्पन्न हुने भनिएका तर कोभिडका कारण रोकीएका योजनालाई सम्पन्न गर्न केन्द्र सरकारलेनै ६ महिना म्याद थप गरेको अवस्थामा ति योजना पुरा गर्न बजेट माग गर्ने निर्णय भएको पौडेलले बताए । साथै बैठकले २०७८/७९ को बजेट स्वीकृत समेत गरेको छ । त्यस्तै कोभिडको तेस्रो लहरबाट बच्न बचाउनका लागी स्थायी प्रकृतिका संरचनाहरु निमार्ण गर्ने र अक्सीजन सिलिण्डरको प्रर्याप्त ब्यवस्थापन गर्ने निर्णय भएको नगरपालिका उप प्रमुख चक्र अर्यालले बताए । साथै कार्यपालिकाको बैठकले पुराना घर अभिलेखीकरणका लागी पुस मसान्तसम्म म्याद थप गरेको छ भने नगरभित्रबाट रुपन्देहीको गौतम बुद्ध मुटु अस्पतालमा डाइलेसिस गर्न जाने बिरामीलाई राहात प्रदान गर्नका लागी २ लाख रुपैया बजेट समेत प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए ।
प्रतिक्रिया