प्रदेश

बाणगंगाले फेरी राख्यो देश ,प्रदेश र जिल्लामा नयाँ रेकर्ड



कपिलवस्तु १५ साउन । कपिलवस्तुको वाणगंगा नगरपालिले देश प्रदेश र जिल्लामा एकै साथ नयाँ रेकर्ड कायम गरेकोछ ।सतप्रतिशत सूचक पुरागरेकाले आज (आइतवार)  विधिवत रुपमा वालमैत्री नगर घोषणा भएसंगै नयाँ रेकर्ड कायम भएको हो । एक औपचारीक समारोहको बीच पूर्व मन्त्री एवम सांसद चक्रपाणी खनाल बलदेवले जिससले प्रदान गरेको प्रमाण पत्र पढेर वालमैत्री नगर घोषणा गर्नु भएको हो । 


१ लाख २ हजार  जनसंख्या मध्ये ३१ प्रतिशत वालवालिका रहेको बाणगंगामा बालमैत्री घोषणा हुने सबै सूचक पुरा भएपछि विधिवत रुपमा घोषणा गरिएको हो । नगरलाई बालमैत्री घोषणा  गरेपछि वोल्दै पूर्वमन्त्री चक्रपाणी खनाल वलदेवले प्रदेशको तेश्रो पालिकाको रुपमा बालमैत्री बनेको वाणगंगाले सामाजिक हैसियत थप उचो वनाउन सफल भएको दावि गर्नु भयो ।

नगरमा शिक्षा स्वास्थ्य उत्पादन  रोजगारी श्रृजनामा यस बीचमा भएका प्रगती सह्रानिय रहेको भन्दै नगरलाई कृषिको हव ,पर्यटनको केन्द्र र उद्योगको संगम थलो वनाउने गरी त्रिपक्षीय रुपमा सवल तुल्याउन आग्रह गर्नु भयो ।  समारोहमा बोल्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले बाणगंगा नगरले कपिलवस्तुकै पहिलो बालमैत्री परिचय बनाएसंगै शुसासन पारदर्शीता ,जवाफदेहिता ,जनमुखी र अरुकालागि उदाहरणीय बन्ने काममा  अग्रसर हुन सुझाव दिनु भयो ।


नगरले आफूलाई सबै हिसावले माथि पुराउने अभियान तीव्र पार्न समेत आग्रह गर्नएु  भयो । पूर्वमन्त्री दिपकुमार उपाध्यायले वोल्दै राष्ट्रमै ९ औ नम्वरमा पर्नेगरी वालमैत्री घोषणा भएको नगरले भैरहवामा बनेको अन्तराष्ट्रिय विमानास्थल र दाङको राजाधानी बीचमा रहेर नगरलाई समुन्नत पर्यटकीय क्षेत्र तुल्याउन  पहल गरि हाल्नु पर्ने वताउनु भयो । 

प्रदेश सांसद विष्णु पन्थीले बोल्दै विश्वले विभिन्न ग्रहमा मानव वस्ती वसाउन पहल गरेका बेला हामीले खुलादिशा मुक्त , वालमैत्री घोषणा पूर्ण खोप घोषणा जस्ता आधारभूत कुरालाई पनि गर्वका रुपमा लिनु पर्ने वर्तमान परिस्थितीलाई आमूल रुपान्तरण गर्न धेरै काम वाकी रहेको वताउनु भयो । नगरका मेयर मंगल प्रसाद थारुको अध्यक्षता ,उपमेयर चक्रपाणी अर्यालको स्वागत , वडाध्यक्ष भिष्मराज भुसालको सहजीकरणमा भएको समारोहमा कपिलवस्तु जिजसका प्रमुख नागरायण खनाल, प्रजिअ चक्रपाणी पाण्डे , एमालेका अध्यक्ष झविलाल पोख्रेल , कांग्रेसका हरिराज घिमिरे लागतयका नेता तथा सामाजिक कार्यकर्ताले शुभकामना दिनु भएको थियो ।

वाणगंगाका शिक्षा शाखा प्रमुख वावुराम भटराइले वालमैत्री नगर घोषणाका विभिन्न सूचक पुरा गर्न विभिन्न संघ सस्था ,अभिभावक, वालवालिका र स्थानीय सरकारको ठूलो योगदान लागेको वताउनु भएको छ । वालकलाकारले मनोरञ्जन प्रस्तुत गरेको समारोहमा उपस्थिती भने बाक्लो थियो ।   

तस्बीर :कृष्ण हरिजन 

प्रकाशित : १५ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६