पर्यटन

घृणित राजनीतिको अनौठो उदाहरण : विद्यालय भर्ना महाभारतको यूद्ध सरह



कपिलवस्तु १७ साउन  । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ११ मा रहेको झिन्ना माध्यामिक विद्यालयले २० वढी बालबालिकालाई भर्ना नलिएपछि साता देखी भर्नाको लागि विद्यालय धाउदै आएका छन् । महाराजगन्ज नगरपालिकाका नगरप्रमुख सर्मथक र वडा नं. ११ का वडा अध्यक्ष सर्मथक विच व्यवस्थापन समितीको चुनावमा मतको अंकगणितका कारण भर्नाबाट बन्चित भएको स्थानीयको दावी रहेको छ । यहा भर्ना पाउन महाभारतको यूद्ध जिते सरहको कष्ट श्रृजना गरिएको छ । 

भर्ना लिन आलटाल गर्नेमा अधिकांश दलित समुदायका बालबालिका रहेका छन् । वडा नं. ११ का बनगाई र बडेगाउँ टोलका अभिभावक बाल बालिका र जन्म दर्ता लिएर विद्यालय परिसरमा भर्नाको लागि धाउनु परेको छ । विद्यार्थी भर्ना को विषयमा बिवाद भएको विषयलाई लिएर गुनासो आएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रेश्मी राज अर्यालले बताउनु भयो । 

जन्मदर्ता भएका ५–९ उमेर समुहका बालबालिकालाई जन्मदर्ताका आधारमा कक्षा १ मा र सो भन्दा माथीको कक्षाका स्थानान्तरण प्रमाणपत्रको आधारमा भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको अर्यालले बताउनु भयो । हाल कोभिडका कारण विद्यालय संचालन नभए पनी भर्ना प्रकृयाका लागि विद्यालय संचालन भएका छन् । 

यता विद्यालयका प्रधानाध्यापक रुद्रेशनाथ तिवारीले काजजात पुराउन नसकेका कारण भर्ना नलिएको बताउनु भयो । जन्मदर्ता र अन्य विद्यालयबाट आएकाको स्थानान्तरण पत्र भएकाको नियमित भर्ना भएको तिवारीको दावी रहेको छ । तर विद्यालयले राजनैतिक प्रतिशोधका कारण भर्ना लिन आनकान गरेको स्थानीय जनार्धन प्रसाद कुर्मीले बताउनु भयो । विद्यालयमा व्यवस्थापन समिती निर्वाचनमा अभिभावकले मतदान गर्ने भएकोले दुवै पक्ष विच भर्ना गर्ने होटवाजी चलेको छ । वडा अध्यक्ष जगदिश तिवारीका परिवारका सदस्य अध्यक्ष र प्रधानाध्यापक भएको कारणले मनोमानी तरीकाले भर्ना गरेको स्थानीय अगुवा जगन्नाथ पुरीको आरोप रहेको छ । पुरी नगरप्रमुख अब्दुल कलाम सर्मथक मानिदै आएका छन् । 

प्रकाशित : १७ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६