कपिलवस्तु १८ साउन । नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सादा जीवन उच्च विचारका धनी पिपरा निवासी एमाले जिल्ला सल्लाहकार युवराज पाण्डेको निधनले पार्टीलाई अपुरणिय क्षती पुगेको बताउनु भयो । नेता घिमिरेले स्व.युवराज पाण्डेको नवौं दिनको पुण्यतिथिमा एमाले जिल्ला कमिटीद्धारा आयोजित श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।
शोक सभामा एमाले लुम्बिनी प्रदेशका कार्यालय सचिव एवम् संविधान सभा सदस्य बलराम अधिकारीले स्व. युवराज पाण्डेले कम्युनिष्ट आन्दोलनमा अविष्मरणिय योगदान पु¥याएको चर्चा गर्नु भयो । प्रदेश सभा सदस्य विष्णु पंथीले पाल्पा जिल्लाबाट कम्युनिष्ट पार्टीको संस्थापक सचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै कपिलवस्तुको शैक्षिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा ऐतिहासिक योगदान पु¥याउनु धारणा राख्नु भयो ।
त्यस्तै एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एक अनुशासित, कर्मठ, इमान्दार, शैक्षिक ब्यत्तित्व पार्टीले गुमाएको चर्चा गर्दै पार्टी सधै परिवारजनको साथमा रहेको बताउनु भयो । कार्यक्रममा एमाले जिल्ला नेता डम्मर शर्माले एक अभिभावक र सादकी ब्यत्तित्व, गुमाएको धारणा राख्नु भयो ।
श्रद्धाञ्जली सभामा एमाले नेताद्धय जंजिर प्रसाद थारु, बाबुराम खनाल, बालाराम ज्ञवाली, विष्णु भण्डारी लगायतले शोक मन्तब्य राख्नु भएको थियो । स्व. युवराज पाण्डेको निवास बाणगंगा २ पिपरामा आयोजित सभामा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिती रहेको नेकपा एमाले जिल्ला प्रचार विभागले जनाएकोछ । स्व.युवराज पाण्डे जनता नमुना मा.वि.को पूर्व प्रधानाध्यापक हुनुहुन्थ्र्यो ।
प्रतिक्रिया