अर्थ-वाणिज्य

तेश्रो लहरको तयारी :प्रतिदिन ३ लाख लिटर अक्सिजन उत्पादन हुने प्लाण्ट जडानको काम सकियो



कपिलवस्तु १९ साउन । कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । प्लान्ट निर्माणको काम भइ सकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए । फेयर ट्रेड प्रालिले प्रतिस्पर्धा माफर्त १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो । गत असार ८ गते कामको संर्झौता भई असार मसान्त सम्म काम सकाउने समय सिमा दिइएकोमा केही प्राबिधिक कारणले समयमा हुन नसकेको मेसु बन्जडाले बताए। 

चाईनाबाट ल्याइएको सो प्लान्टले प्रति मिनेट ४ सय १६ लिटर अक्सिन उत्पादन गर्ने इन्जिनियर देबेन्द्र श्रेष्ठले बताए ।सो प्लाण्टवाट प्रतिमिनट ४१६ लिटर उत्पादन हुने  र दैनिक १२ घण्टा चलाएमा २लाख ९९ हजार लिटर एकदिनमा उत्पादन हुने वताइएको छ । यो कपिलवस्तुमा खपत हुने भन्दा उच्च हो । ठेकेदार कम्पनीले सो मेशीन जडान जिसि रिसर्च एन्ड डेभलपमेन्टलाईे जिम्मा दिएको थियो । सो कम्पनीका ईन्जीनयिर  श्रेष्ठले जडानको काम सकिएकाले बताए । प्लान्टको पाईपमा केही समस्या देखिएको र त्यो फेर्ने बित्तिकै प्लान्ट संचालनमा आउने उनले बताए ।  

प्लान्टमा ट्रान्सफर्मर, कम पे्रशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाई जीङ फिल्टर रहेको श्रेष्ठले बताए । अस्पतालमा सय भन्दा बढी सिलिन्डर समेत छन । कोरानाको दोश्रो लहरमा गत जेठमा अक्सिजनको चरम अभाव हुदा उपचारमा निकै समस्या आएको थियो । तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने बन्जाडले दाबी गरे । प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई ढेड करोड रकम छुट्टाएको थियो । 

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६