प्रदेश

सर्पदंश उपचार केन्द्रमा भेण्टीलेर छ तर चलाउने छैन



देउखुरी १९ साउन । दाङ देउखुरीमा स्थापना भएका सर्पदंश उपचार केन्द्रमा प्रभावकारी उपचार हुन सकेको छैन । गढवा गाउँपालिका र लमहीमा गरी दुइवटा सर्पदंश उपचार केन्द्र भएपनि सर्पदंशका विरामीको उपचार नगरी रिफर गर्नुपर्ने बाध्यता छ । गढवामा सर्पदंश उपचार केन्द्र स्थापना भएदेखि अहिलेसम्म एकसय ७४ जना सर्पले डसेका विरामीहरु उपचारको लागी आएको उपचार केन्द्रको तथ्यांकमा देखिन्छ ।

सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक देविराम आचार्यले सर्पदंश उपचार केन्द्रमा प्रारम्भिक उपचार हुने गरेको बताउनुभयो । गत आर्थिक बर्ष ०७७÷०७८मा सर्पले डसेर दाङमा पाँचजनाको मृत्यु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ अनुसार जसमध्य घोराहीमा एकजना, लमहीमा एकजना, राजपुरमा दुईजना र शान्तीनगरमा एकजना गरि पाँचजनाको सर्पले डसेर मृत्यु हो ।  ।

सर्पदंश उपचारकेन्द्रमा आएका सर्पदंशका विरामीहरुलाई भेन्टिलेटर आवश्यक परे देउखुरी क्षेत्रमै भेन्टिलेटरको सुविधा छैन । उपचार केन्द्र गढवामा नेपाल रेडक्रस सोसाइटी काठमाण्डाँैले भेन्टिलेटर उपलव्ध गराएप्नि जनशक्ती नहुँदा संचालनमा आउन सकेको छैन ।  लमहीमा स्थापना गरेको सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर छैन तर सर्पदंशका लागि आउनेलाई थप उपचारका लागि भेन्टीलेटर सहितको अस्पतालमा रिफर गर्ने गरिएको छ ।

लमही अस्पतालका नीमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा रन्जिता महतोका अनुसार सर्पदंश उपचार केन्द्र स्थापना भएपछि जम्मा आठ जना सर्पदंशका विरामी आएकोमा दुइजनालाई रिफर गरिएको छ । डा महतोले आफ्नो तर्फबाट आवश्यक सेवासुविधा दिइरहेको जानकारी दिदै थप उपचारका लागि रिफर गरिएको जानकारी दिनुभयो । 

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६