प्रदेश

बार्षिक १२ हजार जोखीममा :वाल विवाह रोक्न रणनीतिक कार्य योजना



कपिलवस्तु १९  साउन । बाल बिवाह रोक्न कपिलवस्तु नगरपालिकाले रणनीतिक कार्य योजना  बनाउन सूरु गरेको छ । कानुनीरुपमा बाल बिवाह गर्न नपाउने नियम रहे पनि समाजमा अझै बाल बिवाह कायमै रहे पछि नगरपालिकाले बाल बिवाह रोक्न रणनीतिक कार्य योजना बनाएको हो । कपिलवस्तु नगरपालिकाको आयोजना तथा यु एन एफ पिए र नेपाल परिवार नियोजन संघको सहयोगमा तौलिहवामा आयोजित बाल विवाह अन्त्यकालागि नगरस्तरीय रणनीतिक कार्ययोजना अभिमुखीकरण कार्यक्रममा सो बनाउन सूरु गरिएको हो । 


सो अवसरमा मेयर किरण सिंहले कानुनीरुपमा बाल बिवाह गर्न निषेध गरिए पनि समाजमा  अझै बाल विबाह कायम रहेको बताए । उनले नगरपालिकाको एक्लो प्रयासले मात्र बाल बिवाह अन्त्य हनु नसक्ने भन्देैे उनले गाउ गाउमा सचेतनामुलक कार्यक्रम संचालन गर्नु पर्ने बताए ।सो अवसरमा यु एन एफ पीएका जिल्ला संयोजक चित्र महतोले कपिलवस्तुमा  अझै पनि ६१ दशमलव ५ प्रतिशत बाल बिवाह रहेको तथयांक प्रस्तुत गरेका थिए । 

त्यस मध्ये १८ प्रतिशत बालक र ८२ प्रतिशत बालिका छन । जिल्लामा बार्षिक १२ हजार बालिकाहरु बाल बिवाहको जोखिममा छन । अधिक बालबिवाह हुने १० जिल्ला मध्ये कपिलवस्तु पनि बढी बालबिवाह हुने गरेको महतोले बताए । नेपालमा भने ४१ प्रतिशत बालबिवाह अझै कायम छ । २०७४ सालमा  बाल बिावह अन्त्यकालागि ५ बर्षे रणनीतक योजना समेत निर्माण गरिएको थियो । सो अवसरमा नेपाल परिवार नियोजन संघ कपिलवसतुका प्रबन्धक बिष्णु ज्ञवालीले प्रथा, परंपरा र कुप्रचलले नै अझै जिल्लामा बालबिवाह नरोकिएको बताए । 

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६