कपिलवस्तु १९ साउन । कपिलवस्तु प्रशासनले कपिलवस्तुका कोरोना संक्रमण सून्य रहेको विवरण सार्वजनिक गरेकोछ । जिल्ला प्रशासनमा सेवा लिन आएका ५० जना सेवाग्राहीको एन्टीजेन परिक्षण गर्दा सत प्रतिशत नेगेटिभ रहेको प्रजिअ चक्रपाणी पाण्डेले वताउनु भयो । यसैगरी मालपोतमा पनि परिक्षण गर्ने उहाले वताउनु भएको छ ।
यता रुपन्देहीमा मंगलबार ५४ जना कोभिड १९ का संक्रमित थपिएका छन्।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा यो संख्या थपिएको हो। योसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४२९ पुगेको छ। सोमबार ४१ जनामा संक्रमण पुष्टि भएको थियो। मंगलबार सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा १७ जना थपिएका छन्। बुटवलमा १२, सिद्धार्थनगरमा ५, देवदहमा ६, सैनामैनामा ६, ओमसतियामा १०, कञ्चनमा ५, सियारीमा १ जना थपिएका छन्। योसँगै रुपन्देहीमा अहिलेसम्मका संक्रमितको संख्या २९ हजार ३७२ पुगेको छ। मृत्यु हुनेको संख्या ५१६ छ।
यस्तै अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित थपिएका छन् ।जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६२५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २९१ जना, भूमिकास्थान नगरपालिकामा १०५,शितगंगा नगरपालिकामा ३८, मालारानी गाउँपालिकामा ८६, पाणिनी गाउँपालिकामा ९१ र छत्रदेव गाउँपालिकामा १४ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३५२४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १५२७जना, भूमिकास्थान नगरपालिकामा ६४५ जना, शितगंगा नगरपालिकामा ३८४ जना,मालारानी गाउँपालिकामा ३६८ जना,पाणिनी गाउँपालिकामा ३२८ जना र छत्रदेव गाउँपालिकामा २७२ जना संक्रमित रहेका छन् ।
साथै जिल्लामा गत वर्षदेखि आजसम्म २८२५ जनाले कोरोना जितेका छन् ।जसमा सन्धिखर्क नगरपालिकामा १२१३ जना, भूमिकास्थान नगरपालिकामा ५२५ जना,शितगंगा नगरपालिकामा ३३४ जना,मालारानी गाउँपालिकामा २६९ जना, पाणिनी गाउँपालिकामा २२९ जना र छत्रदेव गाउँपालिकामा २५५ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २३ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२,मालारानी गाउँपालिकामा १३,पाणिनी गाउँपालिकामा ८र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
प्रतिक्रिया