देउखुरी २१ साउन। ल्ुाम्बीनी प्रदेश सरकार मार्फत लमहीमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर बन्ने नवन्ने विषयमा अन्यौलता थपिएको छ । दाङको लमही स्थिती कृर्षि उपज बजार केन्द्रमा निर्माण हुने भनिएको ट्रमा सेन्टर फिल्ड खाली नहुँदा कामको शुरुवात गर्न नसकीएको कार्यान्यन गर्ने नसकिएको कार्यान्यन गर्ने सरकारी कार्यालयको भनाइ छ । शहरी विकास भवन कार्यालय घोराहीका डिभिजिन प्रमुख अनन्त देवले स्थानीय सरकारले ट्रमा सेन्टर बन्ने स्थानमा बनेका संरचना हटाउने सरोकारवाला निकायसंग पहल थाल्ने सहमति भएपनि स्थानीइ सरकारबाट उक्त काम पूरा नभएको निर्माण कार्यको शुरुवातै गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, फिल्ड खाली गर्ने जिम्मा लमही नगरपालिकाले लिएका होे,त्यहाँ रुखहरु भएकाले रुखहरु काट्ने फिल्ड खाली गराउने जिम्मा लिएको निकायले नै काम नगरे काम गर्ने अवस्था छैन, फिल्ड खाली हुने बित्तिकै कामको शुरुवात हुन्छ । ट्रमा सेन्टर निर्माण गर्नको लागि निर्माण कम्पनीसंग प्रदेश सरकार मातहतको शहरी विकास डिभिजन कार्यालयले सम्झौता गरेको पाँच महिना वितीसक्दा समेत कुनै काम हुन सकेको छैन । उक्त कम्पनीले कुल १९करोड ४१ लख चार हजार १४ रुपियाँको लागतमा ट्रामा सेन्टरको भौतिक पुर्बाधार निर्माणको लागी सम्झौ कार्यादेश दिइएको शहरी बिकाश तथा भबन डिभिजन कार्यालय दाङका इन्जिनियर नारायण वलीले जानकारी दिनुभयो ।
ट्रमा सेन्टर निर्माणको लागी स्थानिय सरकार लमही नगरपालिका मार्फत लगत सकलन सहित त्यहा रहेका पुराना संरचना समेत भत्काईसकेको छ । लमही नगरपालिकाले आफूहरुको तर्फबाट गर्नुपर्ने काम पुरा गरेको भन्दै प्रदेशबाटै काम हुनुर्ने बताउनुहुन्छ । लमही नगरपालिका उप प्रमुख देवका बेल्वासेले स्थानीय सरकारबाट ट्रमा सेन्टर बनाउनको लागि पहल गरिएको र संरचना समेत हटाइएकाले प्रदेश सरकारले सामान्य विषय देखाएर पन्छन नमिल्ने बताउनुहुन्छ । उप प्रमुख वेल्वासेले भन्नुभयो,हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम गरेका छौ, अब प्रदेशले सबै काम गर्नुपर्ने किन ढिला भएको जानकारी छैन ।
ट्रामासेन्टरको मुख्य भबन, डाक्टर क्वाटर,स्टाफ क्वाटर,क्यान्टिन , गार्ड हाउस, ट्वाईलेट सहितका संरचना निर्माणका लागी सम्झौता सम्पन्न भएको हो । यता डिभिजन बन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्रराज सुबेदीले ट्रमा सेन्टरको लागि तोकिएको उक्त जग्गा राष्ट्रिय वन क्षेत्र भएकाले उक्त क्षेत्रमा कुनैपनि संरचना बनाउन नमिल्ने बताउनुभयो । उहाँले भन्न्ुभयो, ट्रमा सेन्टर बनाउने भनिएको जग्गा वन क्षेत्र भएकाले उक्त स्थानमा कुनैपनि संरचना बनाउन मिल्दैन,यदि अटेरी गरेर कानुन विपरीत गरे वन ऐन आकर्षीत हुन्छ ।
बनको कानुन र बन ऐन अनुसार डिभिजन बन कार्यालयलाई मन्त्रालयको परिपत्र बिना रुख हटाउने अधिकार वन डिभिजनलाई नभएको वन डभिजनको भनाइछ । । लमही नगरपायिलका वडा नम्बर ४को राजमार्ग देखि दक्षीण तर्फ रहेको बन क्षेत्रको करिब २२ कठ्ठा क्षेत्रफलमा ट्रमा सेन्टर बनाउने गरी सम्झौता भएको हो ।
प्रतिक्रिया