अर्थ-वाणिज्य

माधव समूहको बैठकले पारित गर्यो ४ प्रस्ताव



काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी सदस्यहरूको बैठकले चार वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद् पुनर्स्थापना गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको फैसलाको स्वागतसहित चार वटा निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

बैठकले पारित गरेको ४ प्रस्ताव
१) सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको फैसलाको स्वागत ।

२) पार्टी एकताका लागि १० बुँदे सहमति भएको र वार्ता चलिरहेको अवस्थामा पार्टीका वरिष्ठ नेतालगायत विभिन्न नेताहरूमाथि अनेकौं प्रकारको टिप्पणी र लाञ्छना लगाउने काम उचित र मर्यादित होइन । यसप्रति यो बैठक दुःख व्यक्त गर्दछ । यस्तो लाञ्छना लगाउने काम कतैबाट हुनु हुँदैन । त्यसैले विचार व्यक्त गर्दा सम्पूर्ण पार्टीपंक्ति संवेदनशील र जिम्मेवार हुनु आवश्यक छ ।

३) पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेको अवस्थामा एक पक्षीय ढंगले सदस्यता नवीकरण, अभिलेखन र पुनर्गठन र सम्मेलन गर्ने जस्ता काम अघि बढाउनु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ । त्यसैले तत्काल सदस्यता नवीकरण लगायतका सबै गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।

४) अहिलेसम्म भएका १० बुँदे सहमतिलगायतका सहमतिहरूले एकताको आधार निर्माण गरेका छन् । १० बुँदे लगायतका सहमतिहरूलाई कार्यान्वयन गर्दै एकताका थप आधार तयार पार्न कुराकानी र वार्ता निरन्तर भइरहेको छ । हामीले पार्टीलाई एकताबद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न आवश्यक छ । यस सम्बन्धमा थप निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ ।

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६