जीवनशैली

लुम्विनीको बिशेष अधिबेशन आवहान विरुद्ध अधिबक्ता केसीको सर्वाेच्चमा रिट



रुपन्देही २३ साउन  लुम्बिनी प्रदेशमा प्रदेश सभाको विशेष अधिवेसन आह्वान विरुद्ध सवोच्च अदालतमा रिट पेश भएको छ। पेश भएको रिट दर्ता हुन भने बाँकी छ । मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले त्यस माथि छलफलका लागि विशेष अधिवेसन बोलाउन समावेदन गरेका थिए। विपक्षी दलहरुको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेको लागि प्रदेश सभाको विशेष अधिवेसन अह्वान गरेका छन् ।

अधिवेसन आह्वान विरुद्ध अधिवक्ता प्रवेश केसी  रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्। तर उनको रिट भने दर्ता भएको छैन ।रिटको अध्ययन भइरहेको र आइतबार दर्ता हुने नहुने टुंगो लाग्ने सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए। सर्वाेच्च प्रसासनलाई यो विषय सार्वजनिक सरोकार हो भन्ने नलागेमा प्रदेश सरकार आँफै अदालतमा जानुपर्ने हुन्छ । अविश्वासको प्रस्तावको लागि प्रदेश सभाको विशेष अधिवेसन आह्वान भएपछि प्रदेश सरकार र सत्तापक्ष एमालेले प्रदेश प्रमुखको कदम असंवैधानिक भएको भन्दै विरोध गरेको छ । 

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६