अर्थ-वाणिज्य

कपिलवस्तुमा ऐतिहासिक प्रदर्शन,भुमिहिनलाई जिविका धान्ने जमिन देउ : सुकुम्बासी



कपिलवस्तु २४ साउन ।कपिलवस्तुभरका भूमिहिनहरुले जिल्लाको  गोरुसिंगेमा शनिवार ऐतिहासिक विरोध प्रदर्शन गरेका छन् । भुमिहिन पिडित नागरिकहरु बर्षौ देखी हातमा लालपूर्जा आउने आशामा बसेका थिए । तर देउवा नेतृत्वको सरकारले लाखौ भूमिहिन सुकुम्बासी र अब्यवस्थित परिवारको सपना,सपनामै सिमित गराएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै लालपूर्जा कुरेर बसेका जनता निरास भएका छन् । 


केपी ओली नेतृत्वको अघिल्लो सरकारले गरेका सबै निर्णयहरु उल्टाउँदै आएको देउवा नेतृत्वको सरकारले सुकुम्बासी समस्या समाधान सम्बन्धि बनेको आयोग समेत खारेज गर्दा जनतामा निरासा छाएको छ । आयोग खारेज गर्ने सरकारको निर्णयको बिरोधमा कपिलवस्तुका भूमिहिन सुकुम्बासी नागरिकहरुले गोरुसिगे चोकमा प्रदर्शन सहितको रयाली निकालेका छन । जिल्ला भरबाट आएका  हजारौं सुकुम्बासीहरुले सरकारको विरुद्धमा चर्का नारा लगाएका थिए । पिठ्युमा छोरा छोरी बोकेर महिलाहरु पनि नारा लगाएका थिए ।


चर्को घाममा पसिनाका धारा चुवाउदै , सुकुम्बासी आयोग तत्काल गठन गर्न माग गरेका थिए । अव्यवस्थित बसोबासीलाई पुर्जा देउ , संयुक्त लालपुर्जा कायम गर भन्दै प्ले कार्ड सहितका नारा लगाएका थिए । पिडित सुकुम्बासीहरुले भुमि सम्बन्धी  स्थानिय सरकारको काम सुचारु गर , लगत संकलन नाप जाँच र पुर्जा बितरण लागु गर भन्दै गोरुसिंगे स्थित पुर्व पश्चिम राजमार्ग केहि बेर ठप्प पारेका थिए । भुमिहिन दलित र सुकुम्बासीलाई जिवन र जिविका धान्ने जमिन देउ भन्दै उनीहरुले चर्का नारा लगाएका थिए । 


सरकारले आफ्नो राजनीतिक प्रतिशोध साँध्नका लागि आयोग खारेज गर्दा वर्षौदेखि जोतभोग गर्दै आएको जमिनको मालिक बन्ने जनताको सपना फेरी तुहिएको भुमि अधिकार मञ्चका केन्द्रिय सदस्य जसबिर वर्डले बताउनुभएको छ । जग्गाको आश्वासन देखाएर चुनावमा भोट लिएकाहरुले पनि आफुहरुका समस्या समाधान गर्न नसकेको भन्दै देउवा नेतृत्वको सरकारले लाखौ नागरिकहरुको मन दुखाएको बताउनु भयो । 

एमाले नेतृत्वको सरकारले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न खोज्दा वर्तमान सरकारले त्यसलाई खारेज गरेर जनघाती काम गरेको बुद्धभूमि नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिकास आचार्यले बताउनुभयो ।भुमि सम्बन्धि आयोग तत्काल गठन गर्न र  भुमिहिनलाई पटक पटन दुःख नदिन जिल्ला भुमिअधिकार मञ्च कपिलवस्तुका अध्यक्ष निर्पत थारुले बताउनु भयो ।  सुकुम्बासी आयोग पुनः गठन नगरे आन्दोलनको आँधीवेहेरी ल्याउने सुकु्म्बासी थर्क वहादुर खन्गाहाले बताउनु  भयो । आयोगमा भुमि अधिकार मञ्चको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने मञ्चका सचिव मञ्जु थारुले बताउनु भयो । 

रयालीमा जिल्ला भरका अव्यवस्थित  तथा भूमिहीन सुकुम्बासीहरु आएका थिए उनीहरुले गोरुसिंगे बजार परिक्रममा गर्दै अर्घाखाँची गोरुसिंगे चोकमा परिणत भएका  थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा ०७७ वैशाख ३ गते आयोग गठन गरेको थियो । सो आयोगले देशभरका सुकुम्बासी र भूमिहीनलाई जग्गा दिने प्रक्रिया अन्तिम चरणमा पु¥याएको थियो । सो आयोगले २ लाख ४७ हजार ९ सय ६० भूमिहीन र ९ लाख ३० हजार ८ सय १ अव्यवस्थित बसोबासीको अर्थात ११ लाख ८० हजार ७ सय ६३ परिवारलाई जग्गाको मालिक बनाउनुपर्छ भनेर लगत संकलन गरिसकेको बताइएको छ ।

प्रकाशित : २४ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६