अर्थ-वाणिज्य

निषेधको राजनीतिले कसैको भलो हुँदैन : प्रदेश प्रमुख



रुपन्देही २४ साउन । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सबै दलहरुलाई सहमति र सहकार्य गरेर प्रदेशमा देखिएको राजनीतिक समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । आइतबार बुटवलमा रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयको तेस्रो स्थापना दिवस, स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै शेरचनले  निषेधको राजनीतिले कसैको भलो नहुने वताउनु भयो । 

 उहाले  प्रदेशमा देखिएको राजनितिक जटिलता समाधान गर्न सबै दलहरुलाई सहमति र सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको हो । शेरचनले अहिले देखिएको समस्या समाधान गर्न संवैधानिक बाटो रोज्नुको विकल्प नभएको तर्क गर्नुभयो । संवैधानिक बाटोमा जादाँ अल्पमत,बहुमत देखिनुु स्वाभाविक रहेको बताउदै शेरचनले सबैले कसैसगँ पूर्वागह्र नराखी  संवैधानिक व्यवस्थालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रदेश प्रमुख शेरचनले आफुलाई सत्तापक्ष वा प्रतिपक्ष कसैले टाढाको रुपमा नहेर्न समेत आग्रह गर्नुभयो । उहाले भष्ट्रचार विकास निर्माणको बाधक भएको बताउदै भष्ट्रचार जरैदेखीबाट निर्मुल पार्नुपर्नेमा जोड दिनुभयो । शेरचनले नीतिगत भष्ट्रचार होस् या जेसुकै भष्ट्रचार होस् भष्ट्रचार अन्त्य गर्न आफु लागी पर्ने बताउनुभयो ।कार्यक्रममा  सुसासनका बाधक भष्ट्रचार नामक स्मारिका विमोचन गर्नुका साथै पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २४ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६