अर्थ-वाणिज्य

लेखापढी व्यवसायीले गरे सेवा बन्द : के हुन्छ यसको प्रभाव ?



कपिलवस्तु २५ साउन ।नेपाल लेखापढी कानून व्यवसायी एशोसियशन कपिलबस्तु तौलिहवाले २५ गतेबाट लेखापढी गर्ने काम बन्द गर्ने निर्णय गरेको छ । गत बिहीबार सेवाग्राही र लेखापढी बीच भएको बिवादका कारण व्यवसाय बन्द गर्ने निर्णय भएको लेखापढी एशोसियशन कपिलवस्तु तौलिहवाले जनाएको छ ।

सेवाग्राही बिक्रम बेल्बासे र लेखापढी सदस्य दिपेन्द्र पाण्डेयबीच विवाद भएपछि सेवाग्राहीले लेखापढी व्यवसायी पाण्डेयलाई बिना कारण प्रहरी हिरासतमा पु¥याएको विरोधमा मालपोत कार्यालयमा हुने सबै लेखापढी बन्द गर्ने निर्णय भएको लेखापढी एशोसियशन कपिलवस्तुका अध्यक्ष बिष्णु प्रसाद मौर्याले जानकारी दिनु भयो । 

अनलाइन सेवा (भू–सेवा) सुचारु भएपछि काम ढिलाई भएको कारण सेवाग्राही बेलबासे र लेखापढी सदस्य पाण्डेयलाई बीच हातपात भएको थियो । प्रहरीले एक पक्षिय कुरा सुनेर लेखापाढी व्यवसायीलाई पक्राउ गरी हतोत्साहित गरेर थुनामा राखेकाले बाध्य भई सेवा बन्द गर्नु परेको व्यवयायीको दाबी छ । आफुहरु मेलमिलापको पक्षमा रहेपनि प्रहरीले एक पक्षिय कुरा सुनेर पाण्डेयलाई थुनामा रखेको कारण २५ गतेबाट बन्द गर्न निर्णय भएको एशोसियशन कपिलवस्तुले जनाएको छ ।

यता लेखापढी ब्यावसायीले सदाकालागि बन्द गर्ने भन्दा पनि राज्यपक्षले आफूहरु माथि भेदभाव गरेकोले आफ्ना सदस्यलाई हिरासतवाट छुटाउन उनीहरुले सेवा बन्द गरेको प्रहरी प्रशासनको बुझाई छ । मालपोतको सेवा अनलाइन गएकाले सचेत उपभोक्ताले अनलाइन पोष्टिङ आफै गर्न सक्ने अन्यथा मालपोत कार्यलयको कम्प्यूटर फाटवाटै यी सेवा हुन सक्ने भएकाले लेखापढीसेवा बन्द हुदैमा सेवाग्राहीले काम गराउन नसक्ने अवस्था भने नआउने वताइएको छ ।

तर यो अवस्थामा स्वयम लेखापढी ब्यवासयीहरुले ठूलो रोजगारी र आम्दानी गुमाउने भएको र लेखापढीले मालपोतका कर्मचारीलाई सेटिङमा घुस खुवाउने गरेकाले लेखापढी सेवा छिटटै शुरु हुने श्रोतको दावि छ । 

प्रकाशित : २५ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६